रंगहरूको पर्व : होली
होली पर्व प्रत्येक वर्ष फागुन शुक्लपूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने हिन्दूहरूको प्रमुख चाड हो । होली रंगहरूको पर्व हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा उल्लासका साथ एक–आपसमा अबिर एवं रंग लगाई यो पर्व मनाइन्छ ।

लकडाउनको समयमा किनमेल गर्न घरबाट बाहिर जाँदा पूर्णसावधानी अपनाउनु जरुरी छ । किनमेल आवश्यकता हो तर यसलाई कसरी व्यवस्थित तरिकाले गर्ने भन्ने कुरामा ध्यान दिनु पर्छ । कोरोना त्रासले किनमेलमा हतारो हुनसक्छ, दिमाग अर्कैतिर घुमिरहेको हुनसक्छ । घरमा आवश्यक सरसामान किन्न छुटिरहेको पनि हुनसक्छ ।
बिहानको निश्चित समय भित्र बजार, पसल र मार्टहरुमा किनमेल गर्नेहरु प्रशस्त देखिन्छन् । कतै त भिडभाडै देखिन्छ, यस्तो अवश्थामा किनमेल गर्दा ध्यानदिनुपर्ने कुराहरुः
सुरक्षा अपनाउनुस्
१. किनमेलका लागि घरबाहिर निस्कनु अघि मास्क, पञ्जा र पूरा शरीर ढाक्ने पहिरन लगाउन नबिर्सौं । साथै ह्याण्ड सेनिटाइजर साथमा राखौं ।
२. रासन आदिको सची बनाउनुहोस् । तर घरका पाका सदस्य र बालबालिकालाई उनीहरूको आवश्यकताको बारेमा सोध्नुहोस् । धेरै चीजहरू दुविधामा रहन सक्छन् जुन पछि परिवारमा तनावको कारण बन्न सक्छ । तसर्थ किन्ने सामग्रीको निक्र्यौल भएपछि मात्रै खरिदका लागी बाहिर निस्किनुहोस् ।
३. भविष्यको चिन्तालाई पन्छाउँदै फजुल चीजहरूको खरीद स्थगित गर्नुहोस् । बजार या पसलमा देखिएका सबै सामग्री आफ्नै आवश्यकताका सामाग्री जस्तो लाग्न सक्छन् तर अत्यावश्यक सामान बाहेक अन्यमा आफूलाई नियन्त्रण गर्नुहोस् ।
४. बच्चाहरूका लागि पनि केही न केही किन्नुहोस् । यसले उनीहरुलाई उत्साह मिल्नेछ । थोरै चकलेट होस् या आइसक्रिम, यसले बच्चालाई यो दिक्कलाग्दो अवस्थामा सरप्राइज मात्र होइन आनन्द दिनेछ ।
५. चामल, पिठो, गोडागुडी, मैदा, सुजी, बेसन जस्ता खाद्यसामाग्रीले लामो समयसम्म भरथेग हुन्छ । यी सामानबाट धेरै तरिकाले धेरै थरीका पकवान बनाउन सकिन्छ । जुन गृहिणीको पाककलामा निर्भर रहन्छ ।
६. दुध पाउडर, बिभिन्न फ्लेवरका टि ब्याग, चिनी, स्थायी मसलाहरू पनि यो समयमा उपयोगी हुन्छन् । यिनलाई खरिद् गर्नुहोस् । यि चिज मानिसको प्रतिरोधी क्षमता बढाउने परिकारका लागिउ त्तमहु नेछन् ।
प्रस्तुतिःलक्ष्मी भण्डारी