Kanchhi Kitchen की कान्छीमैयाको कथा - बत्तीको स्विचमा मट्टीतेलको खोजीदेखि युट्युब च्यानलसम्मका कुरा [ भिडिओ सहित ]
निर्भीक नारी

सुगन्धले मनलाई सधै प्रफुल्लित बनाउछ । त्यसैले धेरैले आफ्नो घरलाई सुगन्धित बनाउने प्रयास गर्छन् । सुगन्धले वातावरणमा ताजापन रहेको भावना मात्र जगाउदैन, यसले दिमागलाई खुशी र सकारात्मक समेत राख्छ । त्यसैले घरलाई कसरी सुगन्धित राख्ने केही उपायहरु रहेका छन् ।
– घरको कुनाको भागमा कुनै भाँडोमा ताजा पानी भर्नुहोस् र त्यसमा केही गुलाबका पातहरू छर्नुहोस् साथै थोरै ल्याभेन्डर वा कागतीको रस तेलमा राखेर छोडिदिनुहोस् । यसले घरमा प्राकृतिक सुगन्ध आउनुका साथै आकर्षक समेत देखिन्छ । यसले लामखुट्टेबाट पनि छुटकारा पाउन सकिन्छ ।
– विभिन्न अनुसन्धानहरुले तेलले भाइरल, ब्याक्टेरिया र फंगल संक्रमणको जोखिम कम गर्ने तथ्य फेला पारिएको छ । तोरी या तिलको तेल साधारण नेपाली घरहरूमा प्रयोग गरिन्छ ।
– ल्याभेन्डरले स्नायु प्रणालीमा मात्र सकारात्मक प्रभाव नपारी स्वास्थ्यलाई समेत फाइदा पुऱ्याउछ । यसले रक्तचाप र मुटुको रक्तचापलाई सन्तुलनमा राख्न पनि मद्दत गर्दछ । कागती, सुन्तला, तुलसी, रोजमेरी र पेपरमिन्ट को सुगन्धले दिमागलाई उर्जा दिन्छ ।
– यि बाहेक घरमा सुगन्धित मैनबत्तीहरू पनि राख्न सकिन्छ । घरमा बिहान बेलुका धूप बाल्नाले घर बासनादार हुन्छ । सुगन्धयुक्त बाटेको धूप, दालचिनी, चन्दनको टुक्रा बाल्नाने पनि घरको वातावरणमा सुगन्ध थप्छ ।
– वास्तुका अनुसार घरको सुगन्धले परिवारमा शान्ति र आनन्द ल्याउँछ । यसका लागि तपाईले साँझ कपूर पनि बाल्न सक्नुहुन्छ ।
– तपाईंको एयर फिल्टरमा बिभिन्न प्रकारका वास्नादार तेलका थोपाहरु राख्नुहोस् । सजिलैसंग तपाईंको पूरै घर ताजा हुनेछ ।
– चुल्होमा कागती र सुन्तलाको टुक्रा, रोजमेरी मिन्टका पात लगायत हब्र्सहरु राखेर उमाल्नुहोस् पुरा घरमा सुगन्ध फैलिन्छ र यो बास्ना टिकाउ पनि हुन्छ । त्यसलाई एउटा सफा कचौरामा राखेर कोठाको एउटा कुनामा राखिदिनुहोस् ।
– फोहोर फाल्ने डस्टविनको पिंधमा कपुर राखिदिनुहोस् यसले दुर्गन्ध फैलिन दिदैन् ।
– कार्पेटहरूमा बेकिंग सोडा छर्कनुहोस् यसले रिफ्रेशनेश प्रदान गर्छ ।
– तपाईंको भान्समा भेनिला राख्नुहोस् । यसले अद्भुद सुगन्ध फैलाउंछ ।
– घरको झ्याल या भेन्टिलेशनमा एयरफ्रेसनर राख्नुहोस् ।
(भट्ट ईन्टेरियर डिजाइनर हुन्)
प्रस्तुती : लक्ष्मी भण्डारी