सरानाका अनुसार सारा विश्व नै स्तब्ध भएको बेला कसैलाई पनि रमाइलो गर्ने मुड छैन । तर यो गीत कोरोना सम्बन्धी सन्देशमूलक भएकाले बनाएको हो । ‘एक त समय रमाइलो तरिकाले बित्यो र अर्काै बुबाको रचनालाई मूर्त रुप दिन पायौं,’
लकडाउनमा घरमा बस्दाबस्दै बोर भएपछि हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले एउटा गीत रचना गरे, ‘लकडाउन लकडाउन संसारै शटडाउन...।’ गीत लेखेर छोरा यमन र छोरी सरानालाई देखाए । गीत मन पराए । रेकर्ड गरेर भिडियो बनाउने योजना बनाए । गीतलाई यमनले एजेन्ज गरी संगीत भरे, गाए र रेकर्ड गरी सम्पादन पनि गरिसकेका छन् ।
‘घरमै रेकर्डङ्गि स्टुडियो भएकोले लकडाउनकै बेलामा पनि गीत रेकर्ड सम्भव भएको हो’, ‘यमनले भने, ‘गीत त बन्यो तर भिडियो नबनाई धेरै दर्शक माझ नपुग्ने हुँदा यसको जिम्मा गायिका सरानाले लिइन् ।’
म्युजिक भिडियो निर्देशन र भिडियोग्राफी सरानाले गरिन् । भिडियो खिच्ने क्यामेरा थिएन । जसकारण बुबाको आइफोन फोर प्लसले खिचिन् । ५ दिनको अवधिमा म्युजिक भिडियो पनि तयार भयो ।
सरानाका अनुसार सारा विश्व नै स्तब्ध भएको बेला कसैलाई पनि रमाइलो गर्ने मुड छैन । तर यो गीत कोरोना सम्बन्धी सन्देशमूलक भएकाले बनाएको हो । ‘एक त समय रमाइलो तरिकाले बित्यो र अर्काै बुबाको रचनालाई मूर्त रुप दिन पायौं,’ सरानाले भनिन् । सरकारले लकडाउन घोषण गर्नु अघि नै मदनकृष्णको स्वास्थको कारण सराना र यमन घरमै बसिरहेका थिए ।
माया, प्रेम र स्नेहबिना खुसी हुने व्यक्ति यो संसारमा बिरलै भेटिएलान् । भनिन्छ–प्रेमबिनाको जीवन अधूरो हुन्छ । त्यो प्रेम चाहे आमा–बुवाको, भाइ–बहिनीको, मित्र वा प्रेमी–प्रेमिकाको नै किन नहोस् ? प्रेमलाई जीवन्त बनाई राख्न प्रकृतिको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।