छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?

घरको मुख्य कोठामा भान्सा पनि पर्छ । भान्सा भन्नासाथ ताप बढी हुने ठाउँ हो । त्यसैले भान्सा वास्तुअनुसार ध्यान दिएर बनाउनुपर्छ । बनिसकेको भान्सामा पनि धेरै विषयमा ध्यान दिनुपर्छ । घाम कताबाट आउँछ र जान्छ, चिम्नीबाट राम्ररी निकास भएको छ कि छैन, भान्सामा राम्रोसँग सोस्ने फेब्रिक वा कलर छनोट भएको छ कि छैन जस्ता कुरामा ध्यान पुर्याउनुपर्छ ।
यदि नयाँ भान्सा बनाउँदै हुनुहुन्छ भने वाल टायल वा फ्लोर टायल दुवै हल्का कलरको हुनुपर्छ । साधारणतया लाइट कलर छिटै फोहोर देखिन्छ भन्ने मान्यता छ तर लाइट कलर हल्का सफा गर्नासाथ रिफ्लेक्सन राम्रो हुन्छ । भान्सामा स्टिलको धारा प्रयोग गर्नु राम्रो हुन्छ, साथै मार्बल, टायल सजिला खालका प्रयोग गर्नुपर्छ ।
भान्साको टायल होस् वा अन्य वस्तु सकेसम्म सादा नै प्रयोग गर्नु उचित हुन्छ । अन्यथा टेक्स्चरमा चिल्लो र फोहोर अड्किन्छ । जसले गर्दा केही समयमै भान्सा थोत्रो र फोहोर देखिन्छ । हल्का रंग फर्निचरमा मात्र नभई भित्तामा पनि प्रयोग गर्न सकिन्छ । यसले शान्ति र आनन्द महसुस हुन्छ ।
भान्सा सजावट
सजावटमा ध्यान दिएर सुन्दर भान्सा बनाउन सकिन्छ । भान्सामा सिंक आवश्यक हुन्छ र सिंकमुनि पानी जाने पाइप हुने भएकोले त्यो ठाउँ प्राय: खाली नै छोडिएको हुन्छ । त्यहाँ खाली ठाउँमा ड्रयर अथवा खापा बनाएर बाल्टिन राखी डस्टबिनका रूपमा प्रयोग गर्न सकिन्छ । त्यस ठाउँमा नेपकिन, लिक्विड ह्यान्डवास वा साबुन राख्न सकिन्छ । यसो गर्दा त्यो भाग फोहोर देखिँदैन र व्यवस्थित पनि देखिन्छ ।
अक्सर भान्सामा खाना पकाउँदा आउने चिल्लोपनले भान्साको भित्ता र टायलमा चिल्लो लाग्छ । त्यसकारण भान्सा फोहोर देखिन्छ । यस्तो चिल्लोपन हटाउन भेन्टिलेसनका साथै चिम्नी प्रयोग गर्नुपर्छ । भान्सामा आगो लाग्ने खतरा धेरै हुन्छ । यसबाट सुरक्षित हुन भान्सामा सेफ्टी डिभाइस लगाउनु अत्यन्तै आवश्यक छ । साथै भान्सामा प्रयोग हुने फर्निचरहरूमा फायर प्रुफ ल्यामिनेट प्रयोग गर्नुपर्छ ।
पहिले भान्सामा ठूला–ठूला भाँडा प्रयोग गरिन्थ्यो । चाहिएको बेलामा प्रयोग गर्न र निकाल्न कठिन हुन्थ्यो । अहिले स–साना भाँडाहरूको प्रयोग गरिन्छ । यसले भान्साको सुन्दरता पनि बढाउँछ ।
कतिपयलाई भान्सामा काम गर्दै टिभी हेर्न मन लाग्न सक्छ । त्यस्तो मन भएकाले भान्साका लागि तयार गरिएको कम्प्याक्ट टिभी वा डिभीडी प्रयोग गरेर सुन्दर बनाउन सकिन्छ । सधैं राम्रो र सफा देखाउन नियमित सरसफाइमा ध्यान दिनुपर्छ । त्यसका लागि बजेट र खर्च पनि व्यवस्थापन गर्नुपर्छ ।
भान्साको डिजाइन गर्दा ध्यान दिनुपर्ने कुराहरू ठाउँ र दिशा :-
१.आग्नेय कोण
२.ईशान्य कोण
३.वायव्य कोण
४.नैऋत्य कोण
यी चार दिशाअनुसार हामीले ठाउँ र डिजाइन मिलाउनुपर्छ । भान्सा सधैं दक्षिण–पूर्व अर्थात् आग्नेय कोणमा बनाउनुपर्छ जसलाई आग्नेयकोण भनिन्छ । यही दिशामा भान्सा बनाउनुपर्छ । यदि यो दिशामा सम्भव छैन भने उत्तर–पश्चिम वा वायव्य कोणमा बनाउन सकिन्छ । तर भान्साका लागि सबैभन्दा महत्वपूर्ण ठाउँ पूर्व नै हो । आग्नेयकोणमा आगो अर्थात् पकाउने र ईशान्य कोणमा पानी राख्ने कुरामा ध्यान दिनुपर्छ । यसो गर्दा भान्साको डिजाइन राम्रो हुन्छ ।
सूर्यको किरण
भान्सामा सूर्यको प्राकृतिक किरण प्रशस्त आउने गरी ठूलो झ्याल राख्नुपर्छ । साथै सरसफाइमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ । यसो गर्दा सकारात्मक शक्ति प्रवाह हुन्छ ।
रंगको प्रयोग
हरियो रंग प्रयोग गर्दा भान्सा फ्रेस देखिन्छ । यसले आँखालाई शीतलता प्रदान गर्छ । हरियो रंग सबै रंगसँग म्याच पनि हुन्छ । हरियोको विकल्पमा सेतो, क्रिम वा हल्का पहेंलो रंग लगाउन सकिन्छ र त्यहीअनुसार लाइट प्रयोग गर्नुपर्छ ।
भान्सा सानो छ भने त्यसलाई मोडुलर भान्सामा बदल्नुपर्छ । यसले भान्सा सानो भए पनि स्टाइलिस देखिन्छ । यस्ता कुरामा ध्यान दिन सकियो भने राम्रो भान्सा बनाउन धेरै बजेट पनि आवश्यक पर्दैन ।