भान्साका सारथि
पाककलालाई ‘उत्कृष्ट’ कला मानिन्छ । यो सहज भए पनि चुनौतीपूर्ण छ । भान्सामा काम गर्नेहरूका लागि जोखिम पनि उत्तिकै हुन्छ । किनभने यहाँ धारिला र तिखा विभिन्न हतियारको प्रयोग गरिन्छ, आगोका लप्कासँग पनि खेल्नुपर्ने हुन्छ ।

महिलाको हकमा नेपालमा मात्र होइन सर्वव्यापीरूपमा एउटा भनाइलाई प्रख्यात बनाइएको छ–‘महिलाले महिलाको कुरा काट्छन् वा महिला नै महिलाका प्रगतिका बाधक हुन् ।’ तर अब यो भनाइलाई चिर्ने महिला निस्किसकेका छन् । पछिल्लो समय संसारभर महिलाको ऐक्यबद्धता सशक्त रूपमा प्रमाणित हुँदैछ । महिला मुद्दामा मात्र नभएर अन्य विषयमा पनि महिलाहरूको सामूहिक सहभागिता बढ्दो छ । महिला आवाज एकमुष्ट एकत्रित हुनुमा शिक्षा, चेतना र आर्थिक सशक्तीकरण प्रमुख कारक देखिन्छ । आफ्नो भन्दा पनि अन्य महिलाको जीवन सुन्दर र सहज बनाउन भूमिका खेलेका कतिपय महिला अर्थात् ‘रियल हिरोज’ को उक्त कदम र साहस प्रशंसनीय छ ।
के आर लिउले डप्लर ल्याबमार्फत संसार सुन्न सकिने नयाँ प्रविधिको सुरुवात गरिन्, त्यतिबेला उनी २६ वर्षकी थिइन् । आफ्नो कारको अघिल्लो सीटमा बसेर ड्राइभिङ गरिरहेका बेला स्ट्रिट ब्रेकरमा गाडी ठोक्किँदा अचानक उनको हेयरिङ एड फुट्यो । तत्काल उनले त्यसको सट्टामा ३५ सय डलर तिरेर नयाँ किन्नुपर्यो । त्यसै दिनदेखि उनले प्रण गरिन्–म संसारलाई सुन्न सक्ने बनाउनेछु । उनको अमेरिकास्थित संस्था हेयरिङ लस एसोसियसनमार्फत उनले श्रवणशक्ति गुमाएका र कम भएकाहरूको वकालत गर्न थालिन् । यसले सन् २०१६ मा ल्याएको श्रवणशक्ति ऐन–२०१६ माथि संसारभर नीति निर्माण र वकालतमा काम गरिरहेको छ । लिउको सानो दुर्घटनाले जन्माएको हेयरिङ लस एसोसियसनले संसारभरका अरबौं मानिसको सुन्न सक्ने अधिकारलाई सुनिश्चित गरिदिएको छ । डप्लर ल्याबले सन् २०१६ देखि कानका लागि सुन्ने कम्प्युटर बनाउन सुरु गरेको हो । अडियो बेस्ड स्मार्ट असिस्टेन्समार्फत डप्लर ल्याबले संसारभर सुन्न सकिने मात्र नभएर सयौं भाषालाई एकैपटकमा ट्रान्सलेट गरेर श्रोतासम्म पुर्याउँछ । त्यसमा फोनको प्रयोगबिना नै इयरबडको सहायताले उक्त आवाज सुन्न सकिन्छ । सामाजिक हेय र धकका कारण हेयरिङ एड प्रयोग गर्न नचाहनेहरूका लागि डप्लर ल्याबले बिल्कुल नयाँ एप लञ्चिङ गर्दैछ । हेयरिङ एडको सहायताबिना सुन्न सकिने यो प्रविधि हल्लाखल्लाका बीच पनि स्पष्ट रूपमा सुन्न सकिन्छ ।
यास्मिन ग्रिन युवा शोधकर्ता हुन् । ‘विश्वका असफल राष्ट्रहरूमा प्रविधिले कसरी सहयोग गर्छ ?’ विषयक शोधका क्रममा उनले सोमालियन समुद्री डाँकु तथा अल कायदाका सदस्यहरूसँग सुरक्षा निकाय सजग रहनुपर्ने तथ्य फेला पारिन् । यास्मिन भन्छिन्–‘इन्टरनेट आतंकवाद र सामूहिक हत्या–हिंसाको केन्द्रबिन्दु बन्न सक्ने देखिन्छ । सुरक्षित र सभ्य समुदायका लागि उनले पुन: निर्देशित विधि (रिडाइरेक्ट मेथड) मार्फत डिजिटल विज्ञापन प्रविधिको सुरुवात गरिन् जुन प्रविधिको सहायताले आइएसआइलगायत अल कायदा र अन्य हिंसात्मक गतिविधिमा संलग्न हुनबाट हतोत्साही बन्नका लागि दृढता र सहानुभूति प्राप्त होस् । जब इन्टरनेटको दुरुपयोग हुन थाल्छ तब सबैभन्दा बढी प्रभावित हुने महिला हुन् भन्ने उनको शोधको परिणामअनुसार इन्टरनेटद्वारा पुरुषको तुलनामा महिलामा हिट गर्न बढी सहज हुने भएकाले यस्तो देखिएको उनको तर्क छ ।
डेले हडन संसारभर महिला तथा बालबालिकाका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न लामो समयदेखि लागिपरिरहेको नाम हो । वुमनवानकी संस्थापक कार्यकारी निर्देशक डेलेले संयुक्त राष्ट्रसंघीय मानव अधिकार पदक प्राप्त गरिसकेकी छिन् । उनी भन्छिन्–‘जब महिला र बालबालिका शिक्षित हुन्छन् तब हरेक प्रकारका हिंसाका साथै एचआइभी र एड्सलगायतका समस्याबाट सुरक्षित रहन सक्छन् । त्यति मात्र होइन तिनैले आममहिला तथा बालबालिकाका लागि सुरक्षित स्थान बनाउने क्षमता राख्छन् ।’ केन्यामा कार्यरत यिनले अफ्रिकन मुलुकका अधिकांश महिला तथा बालबालिका शिक्षाको अभावमा कलिलै अवस्थामा मृत्युवरण गर्न परिपरेको दु:खद् अनुभवसमेत व्यक्त गरेकी छिन् । भर्खरै सिरियन शरणार्थी क्याम्प भ्रमण सिध्याएकी डेलेले त्यहाँका दर्जनौं क्याम्पमा सञ्चार–संवाद तथा नेतृत्व कार्यशाला चलाएकी थिइन् । उनले त्यहाँका क्यान्सर र एचआइभी प्रभावितहरूलाई उत्प्रेरित गर्न विद्यालयका छात्रालाई डिज्ने प्रिन्सेसको अवतारमा उतारेर प्रेरणामूलक कार्यक्रमसमेत सञ्चालन गरेकी थिइन् ।
विश्वभर रहेका अरबौं हिंसा र दुव्र्यवहारमा परेका छन् युवाका लागि आफ्नो समय, सीप र परिश्रम खर्चिरहेकी डाक्टर क्रिस्टिन अली इलिन्टन संवादको शक्तिद्वारा तिनका लागि करुणा, ममता छर्न सकिने बताउँछिन् । फुटएज फाउन्डेसनकी कार्यकारी निर्देशक क्रिस्टिन भन्छिन्–‘समुदाय परिवर्तनका लागि युवा आवश्यकता हुन् । यिनमा थोरै पनि डिप्रेसन र फ्रस्ट्रेसन देखियो भने समुदाय मात्र होइन समग्र मुलुक नै अपाङ्ग हुन्छ । त्यसैले यिनमा साहस, शक्ति र आँट भर्नु जरुरी छ ।’ जब उनी क्यानाडास्थित युकोन आसपासका क्षेत्रमा आफ्नो शोधका लागि स्थलगत रिपोर्टिङ गर्थिन् उतिबेला त्यहाँका युवाहरू उनको कुरा सुन्न एकत्रित हुन्थे, आफ्ना अनुभव सुनाउन लालायित हुन्थे त्यतिबेलै उनलाई अनुभूति भयो युवा के हुन् ? भन्ने कुरा । ‘जब एकले अर्काको पीडा–व्यथा सुन्छ, तब दोस्रो श्रोता व्यक्तिलाई लाग्छ कि मेरो पिर त केही पनि होइन रहेछ ।’ क्रिस्टिन भन्छिन्–‘यो अभ्यासले भोकाको भोक हराउँछ भने बास नभएकाहरू पनि बढी चिन्ता गर्दैनन् ।’
लाइबेरियाकी टिनएजर वायत मुरले चिल्ड्ेरन बुक पब्लिसिङ कम्पनी ‘वान मुर बुक’ मार्फत बालबालिकाको पढ्ने स्वभाव वृद्धि गरिरहेकी छिन् । हालसम्म दुई दर्जन बढी पुस्तक प्रकाशन गरिसकेको यो पब्लिकेसन हाउसले विशेषत: हरेक कोणबाट सीमान्तकृत संस्कार, संस्कृति र प्रचलनलाई संवेदनशील ढंगले पुस्तकमार्फत पस्किने काम गर्दै आएको छ । त्यो प्रकाशन गृहमा लाइबेरिया, गुइना, हाइटी, ब्राजिललगायतका मुलुकका शिक्षाबाट वञ्चित तथा सीमान्तकृत समुदायको आवाजलाई समेटेर त्यहाँका संस्कारका संवेदनशील पाटोलाई उजागर गर्दै पुस्तक प्रकाशन गर्ने गरेको छ । सोही मुलुकका पिछडिएका वर्ग, जातजाति र शैक्षिक हिसाबले पछाडि परेका युवाहरूको आवाज, कला र अनुभवलाई स्थान दिन सफल ‘वान मुर बुक’ ले संसारभर ९ हजार पुस्तक नि:शुल्क वितरण गरिसकेको छ । युवा लक्षित यी प्रकाशनले दमित स्वर मुखरित हुने अवसर प्रदान गरेका छन् । संस्कृति र जातीय विभेद व्याप्त अफ्रिकन मुलुकमा युवाका लागि काम गर्न सहज नभएको बताउँदै मुर भन्छिन्–‘यो चुनौती थियो । अहिले हामी एक–एक तहमा पुगिसकेका छौं अब स्पिड बढाउन सक्छौं । म धेरैभन्दा धेरै युवा त्यसमा पनि विशेषत: महिलाका लेख, रचना, अनुभव र कला चाहन्छु जुन चौतर्फी समेटिएको होस् । यो सबैका लागि सत्य, तथ्य र निस्पक्षता पहिलो सर्त हो । तसर्थ म सत्यता र आम प्रतिनिधित्व चाहन्छु त्यो पनि क्रान्तिकारी ढंगले ।’
महिला गरिबी निवारणका लागि केरिन सुगरले स्थापना गरेको वुमन्स ग्लोबल इम्पावरमेन्ट फन्डले उत्तरी युगान्डालगायत पेरिफेरीका मुलुकमा रहेका चरम गरिबी प्रभावितहरूलाई आर्थिक रूपमा सशक्त बनाउन भूमिका खेलिरहेको छ । यो संस्थाले ग्रामीण क्षेत्रका अति विपन्नहरूका लागि स–सानो ऋण प्रवाह गर्नेदेखि लिएर नेतृत्व विकास र व्यावसायिक दक्षता वृद्धि गर्न विविध खाले तालिम प्रदान गर्ने गरेको छ । त्यसका अलावा केरिन आफैं उनीहरूको स्वास्थ्य, शिक्षा र जीवनस्तर सुधारतर्फ केन्द्रित छिन् । ‘म युगान्डालगायत अफ्रिकाका कुनै पनि मुलुक पुगेकी थिइन, तर मेरो सोच र चिन्तन त्यहाँका विपन्नहरूतर्फ केन्द्रित थियो । जब मैले सन् २०१४ मा अर्बन डिकेकी विन्डे जमनिरलाई भेटें तब मलाई लाग्यो सेवाका लागि शारीरिक उपस्थिति ठूलो कुरा होइन ।’
विश्वव्यापी रूपमा आफ्नो फैलँदो सामाजिक सञ्जाल र कार्यका बारेमा केरिन भन्छिन्–‘हामीले इन्टरनेटका माध्यमद्वारा महिलाको भूमिका र अधिकार, धितो राख्न पाउने अधिकारलगायत न्यायसम्बन्धी अन्य थुप्रै मुद्दामा काम गरिरहेका छौं । महिला आर्थिक रूपले सम्पन्न हुनु भनेको परिवार, समुदाय मात्र नभएर समग्र राष्ट्र नै समृद्धिको बाटोतर्फ उन्मुख हुनु हो । त्यसैले महिलाको सीप र क्षमता पत्ता लगाउँदै सोहीअनुरूप उनीहरूलाई सशक्त बनाउँदै लगिरहेका छौं जुन सफल पनि भइसकेको छ ।’
जीवन परिवर्तन त्यसै हुँदैन । यसमा सीप, क्षमता, कडा मेहनत र संघर्ष चाहिन्छ । लेइला जनाह केन्याका त्यस्ता क्षेत्रका मानिसहरू जसले कहिल्यै कम्प्युटर चलाउनु त के देख्न पनि पाएका छैनन्, उनीहरूका लागि काम गर्छिन् । उनी र समासोर्सको उनको टिमले कहिल्यै कम्प्युटर प्रयोग नगरेका मानिसहरूको खोजी गरी उनीहरूलाई तालिम दिएर दक्ष बनाई टेक्नोलोजी इन्डस्ट्रीमा जागिर दिने काम गर्छन् ।
(एजेन्सीको सहयोगमा)