हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
महाराजगञ्जस्थित नारायण गोपाल चोकमा मेट्रो हस्पिटलअन्तर्गत मेट्रो क्लिनिक सञ्चालनमा आएको छ । क्लिनिकमा दाँत भर्ने, सफा गर्ने, फुकाल्नेदेखि लिएर सम्पूर्ण दाँतसम्बन्धी समस्याको समाधान गरिन्छ ।
यसका साथै दाँत सड्ने, दन्तहर्ष, पाइरिया, दाँत सिरिङ्–सिरिङ् गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने समस्याहरूको पनि उपचार गर्न सकिन्छ ।
दाँतको मात्र नभई मुखमा आउने समस्याहरू पनि क्लिनिकमा देखाउन सकिन्छ । मुखमा घाउ–खटिरा आए वा मुखमा विभिन्न प्रकारका दाग–धब्बा देखिए पनि उचित परामर्श लिन सकिन्छ ।