‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
आर्थिक वर्ष २०७६ र ०७७ सालको बजेटमा समेत परेको सामुदायिक विद्यालयका छात्राहरूलाई नि:शुल्क स्यानेटरी प्याड वितरण गर्ने कार्यक्रम अहिले निकै चर्चामा छ ।
सरकारको नीति तथा कार्यक्रममा पनि परेको उक्त अभियानले महिनावारी भएका बेला विद्यालयमा अनुपस्थित हुने छात्राहरूको संख्यामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा धेरैले गरेका छन् ।
देशभरका सामुदायिक विद्यालयका छात्राहरूलाई नि:शुल्क स्यानेटरी प्याड वितरण गर्ने कुराले गरिब र पींधमा रहेका समुदायका चेलीबेटीहरूको आत्मसम्मान बढाउने कुरामा आशावादी रहेको र यसको कार्यान्वयन तीव्र गतिमा भइरहेको सांसद आशा कुमारी विकले बताइन् ।