‘खेलकुदमा पनि सिइओ हुन्छ भन्ने प्रश्न गर्छन्’
खेलकुदमा नै करिअर बनाउने हुटहुटीले अगाडि बढेकी उनी भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र महिला खेलाडीलाई सशक्तीकरण गर्ने अभियानमा होमिएकी छन् ।

आर्थिक वर्ष २०७६ र ०७७ सालको बजेटमा समेत परेको सामुदायिक विद्यालयका छात्राहरूलाई नि:शुल्क स्यानेटरी प्याड वितरण गर्ने कार्यक्रम अहिले निकै चर्चामा छ ।
सरकारको नीति तथा कार्यक्रममा पनि परेको उक्त अभियानले महिनावारी भएका बेला विद्यालयमा अनुपस्थित हुने छात्राहरूको संख्यामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा धेरैले गरेका छन् ।
देशभरका सामुदायिक विद्यालयका छात्राहरूलाई नि:शुल्क स्यानेटरी प्याड वितरण गर्ने कुराले गरिब र पींधमा रहेका समुदायका चेलीबेटीहरूको आत्मसम्मान बढाउने कुरामा आशावादी रहेको र यसको कार्यान्वयन तीव्र गतिमा भइरहेको सांसद आशा कुमारी विकले बताइन् ।