Successfully Copied

हस्तकला प्रदर्शनी 

नेपालमा उत्पादित विभिन्न २५ प्रकारका हस्तकलाका वस्तु संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक, चीन, जापान, भारत आदि मुलुकमा निर्यात हुँदै आएका छन् । यसले देशव्यापीरूपमा ११ लाख मानिसलाई रोजगारी दिइरहेको महासंघले जनाएको छ । मेलामा आठ वटा प्याभिलियनसहित करिब २ शय कक्ष रहेका थिए ।

नेपाल हस्तकला महासंघको आयोजनामा भृकुटीमण्डपमा हस्तकला प्रदर्शनी भएको थियो । उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, पृथक् निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताको चाहनाअनुरूप वस्तु डिजाइन र संयोजनका बारेमा उद्यमी व्यवसायीमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले महासंघले विगत तीन दशकदेखि हस्तकला मेला आयोजना गर्दै आएको छ । वि.सं. २०४८ देखि महासंघले यस्तो मेला आयोजना गर्दै आएको हो । मेलामा हस्तकला प्रतियोगिता र उत्कृष्ट कक्ष तथा प्याभिलियन प्रतियोगितासमेत भएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त तत्वावधानमा मेला आयोजना समापन भएको हो । हस्तकलाका उद्यमीबाट उत्पादित सामानको आन्तरिक बजारका साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको छ । त्यस्तै नेपाली उद्यमी, व्यवसायी, निर्यातकर्ता र विदेशी आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने मेलाको उद्देश्य रहेको छ ।

धातुका मूर्ति, ढुङ्गाका हस्तकला, पौभा, थाङ्का, पेन्टिङ, पश्मिना, ढाकाका वस्तु, अल्लो, छालाका वस्तु, कागज, काठका वस्तु, सेरामिक, ऊलन एवं बाँसका वस्तु प्रदर्शनीका आकर्षण थिए । महासंघका अनुसार नेपाली हस्तकलाको आन्तरिक बजारमा करिब १० अर्ब बराबरको वार्षिक खरिद बिक्री भइरहेको छ । त्यस्तै नेपाली हस्तकलाको व्यापार १० अर्बभन्दा माथिको सामान तेस्रो मुलुकसहित विश्वका ८० भन्दा बढी मुलुकमा निर्यात हुँदै आएको छ ।

नेपालमा उत्पादित विभिन्न २५ प्रकारका हस्तकलाका वस्तु संयुक्त राज्य अमेरिका, युरोपेली मुलुक, चीन, जापान, भारत आदि मुलुकमा निर्यात हुँदै आएका छन् । यसले देशव्यापीरूपमा ११ लाख मानिसलाई रोजगारी दिइरहेको महासंघले जनाएको छ । मेलामा आठ वटा प्याभिलियनसहित करिब २ शय कक्ष रहेका थिए । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलङ्का, बङ्गलादेश आदि देशका अन्तर्राष्ट्रिय व्यापारीका २० कक्ष रहेका थिए । 

 Image