Successfully Copied

कान्तिपुर मिडिया गुप्र र दि हिडन ट्रेजर बिच सम्झौता 

आइतबार एक कार्यक्रमका बीच ‘दि हिडन ट्रेजर’का कार्यकारी निर्देशक दिवाकर राजकर्णिकार, कान्तिपुर टेलिभिजनका तर्फबाट चारु श्रेष्ठ र कान्तिपुर मिडिया गुप्रका म्यानेजर महेश स्वाँरले सम्झौतामा हस्ताक्षर गरेका छन् । राजकर्णिकारले यस सम्झौताले मिस नेपालाई थप उचाइमा पुर्‍याउँने बिश्वास रहेको बताए । 

‘कान्तिपुर मिडिया गुप्र’ र मिस नेपाल आयोजक ‘दि हिडन ट्रेजर’ बीच प्रत्यक्ष प्रसारण सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुरुप मिस नेपालका अबका गतिविधिहरु कान्तिपुर टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण गरिनेछ । 

आइतबार एक कार्यक्रमका बीच ‘दि हिडन ट्रेजर’का कार्यकारी निर्देशक दिवाकर राजकर्णिकार, कान्तिपुर टेलिभिजनका तर्फबाट मार्केटिङ् प्रमुख चारु श्रेष्ठ र कान्तिपूर पब्लिकेसनका नायव महाप्रवन्धक महेश स्वाँरले सम्झौतामा हस्ताक्षर गरेका छन् । राजकर्णिकारले यस सम्झौताले मिस नेपालाई थप उचाइमा पुर्‍याउँने बिश्वास रहेको बताए । 

कान्तिपूर टेलिभिजनका तर्फबाट सम्झौता पत्रमा हस्ताक्षण गरेकी श्रेष्ठले यस सम्झौता पश्चात मिस नेपाललाई थप प्रचारका लागि सहयोग हुने बताइन् । स्वाँरले बिगतमा पब्लिकेशनसँग सहकार्य गर्दै आएको हिडन ट्रेजरका क्रियाकलापहरुलाई टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारणले मिस नेपाल नयाँ ढंगले अगाडि बढ्ने बिश्वास ब्यक्त गरे । पब्लिकेसनले भने हिडन ट्रेजरसँग बिगतका दिनहरुमा सहकार्य गर्दै आएको छ ।   

 

 Image