कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।
बेलायती चर्चित अभिनेतृ, लेखक तथा अभियन्ता जोआना लुम्ले नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त भएकी छन् ।
साताव्यापी बेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले लुम्लेलाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गरेका हुन् ।
भट्टराईले बेलायतस्थित हाउस अफ लर्डस (बेलायतको माथिल्लो सदन) मा आयोजित एक समारोहका बीच उनलाई उक्त जिम्मेवारी दिएका हुन् ।
यस्तै भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दीपकुमार बर्मा र भारतीय मूलकै बेलायती ठूला व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई समेत नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गरिएको छ ।