मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
बेलायती चर्चित अभिनेतृ, लेखक तथा अभियन्ता जोआना लुम्ले नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त भएकी छन् ।
साताव्यापी बेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले लुम्लेलाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गरेका हुन् ।
भट्टराईले बेलायतस्थित हाउस अफ लर्डस (बेलायतको माथिल्लो सदन) मा आयोजित एक समारोहका बीच उनलाई उक्त जिम्मेवारी दिएका हुन् ।
यस्तै भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दीपकुमार बर्मा र भारतीय मूलकै बेलायती ठूला व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई समेत नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गरिएको छ ।