Successfully Copied

बालबालिकालाई  स्टाइलिस्ट देखाउन

सर्वप्रथम बालबालिकाहरूलाई स्टाइलिस्ट लुक्समा प्रस्तुत गर्न उनीहरूको शारीरिक बनावट, रंग, उचाइ अनि हेयरकटमा ध्यान दिई सुहाउँदो पहिरन लगाइदिनुपर्छ । पहिरनसँग जुत्ता, ब्याग आदि एसेसरिज पनि म्याचिङ हुनुपर्छ । 

आँचल प्रधान /किड्स फेसन स्टाइलिस्ट तथा 

सञ्चालक–नाना पसल

अहिलेका बालबालिकालाई शरीर ढाक्ने मात्र नभएर स्टाइलिस्ट बनाउने अभिभावकहरूको चाहना हुन्छ, यो कसरी सम्भव छ ?

सर्वप्रथम बालबालिकाहरूलाई स्टाइलिस्ट लुक्समा प्रस्तुत गर्न उनीहरूको शारीरिक बनावट, रंग, उचाइ अनि हेयरकटमा ध्यान दिई सुहाउँदो पहिरन लगाइदिनुपर्छ । पहिरनसँग जुत्ता, ब्याग आदि एसेसरिज पनि म्याचिङ हुनुपर्छ । 

५ देखि १२ वर्षसम्मका बालिका कस्तो पहिरनमा आकर्षक देखिन्छन् ?

यो कुरा उनीहरूको शारीरिक बनावटमा भर पर्छ । यदि गोरो छाला भएका अलि मोटा बालिका छन् भने कालो रंगका स्ट्रेट वान पिस वा फ्रकमाथि लामो चोलीले मोटाइ कम देखाउनुका साथै सेतो छालामा अझ बढी चमक देखिन्छ । यदि दुब्ला अलिकति डार्क कम्प्लेक्सन भएका बालिका छन् भने फ्लोरल फ्रक, स्कर्ट, मिड्डीमा बुट लगाउँदा आकर्षक र क्युट देखिन्छ । 

बालबालिकाको पहिरनले उनीहरूको व्यक्तित्वमा कस्तो प्रभाव पार्छ ?

पहिरन यस्तो कुरा हो जसले फस्र्ट इन्प्रेसन क्रिएट गर्छ । उनीहरू सुहाउँदो पहिरन लगाइदिँदा उनीहरूको आत्मविश्वास बढ्छ । उनीहरूलाई आफ्ना साथीभाइका अगाडि गएर आफ्नो लुगा वा आफूले लगाइरहेका चीजबीज देखाऊँ–देखाऊँ लाग्छ । सही पहिरनले बालबालिकामा आत्मविश्वास त वृद्धि गर्छ नै त्यसका अतिरिक्त उनीहरूले आफूलाई अरूभन्दा फरक र विशेष महसुस गर्न सक्छन् । 

जाडोमा बालबालिकाका लागि कस्ता पहिरन उपयुक्त हुन्छन् ?

बालबालिकाहरूलाई न्यानोको आवश्यकता हुन्छ । जाडोका लागि पनि थुप्रै स्टाइलिस्ट पहिरन बजारमा उपलब्ध हुन्छन् मात्र मिलाएर लगाउने कला चाहिन्छ । केटाहरूलाई ऊलन लङ कोटमा लेदर बुट वा हाफ बुट लगाइदिँदा स्टाइलिस्ट लुक्स आउँछ । त्यसबाहेक ऊलन ट्राउजरमा स्वेटर वा कार्डिगन तथा स्वेटरले बालकलाई पृथक् देखाउँछ भने बालिकाका लागि छोडेको केशमा ऊलन टोपी, लङ कोट, लङ बुट अनि बुटको रंगको पञ्जा स्टाइलिस्ट देखिन्छन् । हाइनेकसँग ऊलन लङ स्कर्टमा स्पोर्ट सुजले पनि उनीहरूलाई आकर्षक देखाउँछ । 

 Image