फोटो पत्रकार प्रधानलाई मातृशोक
कान्तिपुर पब्लिकेसन्सको सह–प्रकाशन नारी मासिकका फोटोपत्रकार महेशमान प्रधानलाई मातृशोक परेको छ । प्रधानकी ममतामयी आमा लक्ष्मी प्रधानको ७६ वर्षको उमेरमा निधन भएको हो ।

नीरज लामा इन्स्ट्रक्टर तथा सञ्चालक, ज्यास्मिन हेल्थ क्लब
एरोबिक्स विशेषगरी महिलाहरूबीच चर्चित छ । जसले गर्दा केही मानिसमा यो महिलाले मात्र गर्ने व्यायाम हो भन्ने भ्रम पनि छ तर एरोबिक्स जोकसैले गर्दा पनि हुन्छ । यो व्यायाम कडा अथवा कार्डियो व्यायाम गर्न नचाहने महिला अथवा पुरुषका लागि उत्तम छ । यो रमाइलो तरिकाले स्वस्थ एवं फिट रहन गरिने व्यायाम हो ।
पाँच मिनेट वार्मअप गर्नुपर्छ ।
सकेसम्म बिहान व्यायाम गर्नु राम्रो मानिन्छ । यद्यपि साँझ गर्नुहुँदैन भन्ने होइन । डान्स एरोबिक्स कम्तीमा पनि आधा घन्टा गर्नुपर्छ । एक्सरसाइज अवधिभर संगीतको तालमा विभिन्न स्टेपमा नृत्य गरिन्छ ।
यो समूहमा गरिने व्यायाम हो तर सिंगल गर्न नमिल्ने पनि होइन । यो गीत बजाएर घरमै एक्लै समेत गर्न सकिन्छ ।
यसलाई प्रभावकारी बनाउन क्लबमा गर्दा उत्तम हुन्छ ।
समूहमा बसेर एरोबिक्स गर्दा रमाइलो हुनुका साथै पूरा समय एक्सरसाइज गर्न सकिन्छ ।
समूहमा बसेर गर्दा अल्छी लाग्ने सम्भावना पनि कम हुन्छ । एक–अर्काको साथले नियमित व्यायाम गर्न हौसला मिल्छ ।
एरोबिक्स ताल मिलाएर सुरु गरी बिस्तारै ताल घटाउँदै अन्त्य गर्नुपर्छ ।
यसले दोहोरो हानी हुन्छ, एक त चाहेजति एक्सरसाइज नगरी शरीर थाक्छ, अर्काे पेट पूरै खाली हुने भएकाले पछि धेरै खाना खाइन्छ । यसले दुब्लाउनुको साटो उल्टै मोटाइन्छ ।
व्यायामअघि के खाने ?
दूध : एक गिलास तातो दूध पिउनुपर्छ । यसबाट पौष्टिक तत्व मात्र प्राप्त हुँदैन, पेट शान्त भएको महसुस गर्न सकिन्छ ।
फलफूल : मौसमी फलफूल खानुपर्छ जसले पेट भरिनुका साथै एक्सरसाइजका लागि ऊर्जासमेत प्राप्त हुन्छ ।
जौको सातु : पहाडी भेगमा पाइने जौको सातु दूधसँग घोलेर खाने हो भने प्रशस्त फाइदा मिल्छ । एक्सरसाइज गर्दा शरीरलाई कार्बोहाइड्रेटको आवश्यकता पर्छ । जौको सातुमा प्रशस्त कार्बाेहाइड्रेड्स हुन्छ । जौको सातु खाएको छोटो समयमै पच्ने मात्र होइन यसले शरीरको तौल घटाउनसमेत मद्दत गर्छ ।
केरा : केराले शरीरलाई तुरुन्तै ऊर्जा दिन्छ । केरामा छिट्टै पच्ने खालको कार्बोहाइड्रेट्स पाइन्छ । जुन व्यायाम गर्ने समयका लागि उत्तम मानिन्छ । यद्यपि नियमित रूपमा केरा खानुअघि फिटनेस ट्रेनरसँग परामर्श लिनु उपयुक्त हुन्छ ।
दही : अमिनो एसिडको मात्रा बढी हुने भएकाले दहीले शरीरको मांसपेशीलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । प्रोटिन तथा कार्बोहाइड्रेट्ससमेत पाइने दहीले शरीरलाई व्यायामका बेला चाहिने ऊर्जा उपलब्ध गराउँछ ।
घरको एक्सरसाइज रुममा राख्न सकिने इक्विपमेन्ट्स ट्रेडमिल, डम्बेल, सेसिस्टेन्स ब्यान्ड, क्रसफिट मेसिन, लेग एक्सटेन्सन मेसिन, स्पिनिङ बाइक, एबी रोलर, योग म्याट, बम्पर प्लेट्स, अरबिट्रयाक, सेल्फ सक्सन सिटअप बार, बडी बिल्डिङ मेसिन, केटलबेल, इनफ्ल्याटएबल एक्सरसाइज बल, स्लाइडर्स आदि ।
सुरक्षित व्यायामका लागि
आफ्नो शरीरका बारेमा सजग तथा सचेत रहनुहोस् ।
वार्मअप एन्ड कुल डाउन ।
हप्तामा एकदिन शरीरलाई आराम दिनुहोस् ।
व्यायामसँगै अन्य खेल पनि खेल्नुहोस् ।
शरीरमा प्रशस्त मात्रामा पानी तथा मिनरल्स पुर्याउनुहोस् ।
मौसमसँग सजग रहनुहोस् ।
सही समयमा सही व्यायाम गर्नुहोस् ।
एक्सरसाइज इक्विपमेन्ट्सहरूको जाँच गर्नुहोस् ताकि कुनै दुर्घटना नघटोस् ।
एक्सरसाइजका बखत आफ्ना शारीरिक अंगप्रति संवेदनशील रहनुहोस् ।