‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता एमएस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि डा. रंगीना लाइकाङबम शाहले जितेकी छिन् । गत महिना नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा सहभागी सातै प्रदेशका ३६ जनालाई पछि पार्दै डा. शाहले उक्त उपाधि हात पारेकी हुन् ।
डा. लाइकाङबमले अब यही अक्टुबरमा सिंगापुरमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको विवाहितप्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ब्लुक्रस अस्पतालमा कार्यरत डा. रंगीना स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन हुन् ।