‘प्रतिबद्ध जोडी’
वैवाहिक सम्बन्ध मैत्रीपूर्ण बनाउन समानताको हिसाबले व्यवहार र सम्मान गर्नसक्नुपर्छ । सामाजिक कल्याणका लागि पनि त्यहाँबाट लगानी हुनुपर्छ ।

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता एमएस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि डा. रंगीना लाइकाङबम शाहले जितेकी छिन् । गत महिना नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा सहभागी सातै प्रदेशका ३६ जनालाई पछि पार्दै डा. शाहले उक्त उपाधि हात पारेकी हुन् ।
डा. लाइकाङबमले अब यही अक्टुबरमा सिंगापुरमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको विवाहितप्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ब्लुक्रस अस्पतालमा कार्यरत डा. रंगीना स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन हुन् ।