५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू

१. अहिले कसैको स्वार्थी मनभन्दा पनि चिसो, मौसम छ
तिम्रो ह्दयको कुटिल धड्कनभन्दा पनि चिसो, मौसम छ
घाम हुस्सुले छोपेको बेला, कहाँ न्यानो दिन सक्छु र
निथु्रक्क झरीले रुझेको जीवनभन्दा पनि चिसो मौसम छ ।
२. अचेल प्रेममा विश्वास मेटिएको छ
हरेक इन्द्रेणी सपना रेटिएको छ
हिजो उसले दिएको मायालु गुलाफ
आज सडकमा लावारिस भेटिएको छ ।
३. कोमल फूल छातीमाथि, खस्दा पनि दुख्छ अचेल
यादहरू मुटुभित्र, बस्दा पनि दुख्छ अचेल
बगरमा वसन्तका डोबहरू खोज्दै जाँदा
झुक्किएर शीतल छाल पस्दा पनि दुख्छ अचेल ।
४. आगो बोकेर आएको छु, पानी बोकेर आएको छु
सुख–दु:खको एउटा, कहानी बोकेर आएको छु
जलाउँछौ भने जलाऊ, निभाउँछौ भने निभाऊ
मुटुभरी प्रगाढ प्रेमको निशानी बोकेर आएको छु ।
५. शीतको थोपाले कहिले तिर्खा मेट्न सक्दैन
फूलको धारले ढुङ्गाको मुटु रेट्न सक्दैन
सत्य हो, असम्भव सधैं असम्भव नै हुन्छ
बादल जत्ति नै मच्चिए पनि आकाश भेट्न सक्दैन ।
६. उदास आँखामा खुसी छर्न गल्ती गरियो
शुष्क ओठमा मृदु मुस्कान भर्न गल्ती गरियो
गल्ती नै गल्तीको शृंखला बढेपछि थाहा भो
ढुङ्गाको मुटुमा बसाइ सर्न गल्ती गरियो ।