अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
सार्है अप्ठेरोमा परें,
खै, कसरी गरूँ आमाको परिभाषा ?
बरु सोधेका भए मेरो बारेमा
सजिलै भनिदिन सक्थें–
दिनहुँ तिमीले पढ्ने समाचारको
निर्लज्ज पात्र
मै हुँ ।
तिम्रो कवितामा उभिने अजङ्गको बिम्ब
जो सधैं तिम्रै विरुद्धमा रहन्छ
त्यो म हुँ ।
राजनीतिक कारखानामा प्रशोधन भैरहने
अपराधको नायक
मै हुँ ।
तिमीले थाहै पाउन नसक्ने गैरकानुनी धन्दाहरू,
बिनाशंका पत्याइदिने असीमित झूटहरू,
आकाशभन्दा फैलो लोभको आँखा,
सगरमाथाभन्दा अग्लो घमण्ड,
कर्तव्यलाई सम्झनै नसक्ने हठी–दिमाग,
संवेदनाको लासमाथि हाँसिरहने मानवीयता,
सबै–सबै नै मै हुँ ।
नसोध्नू, सोधी त हाल्यौ
बस्, यत्ति भन्न सक्छु–
आमासँग रहुन्जेल
म
सबैभन्दा असल थिएँ ।
कसम
कसम त कति खाइयो कति ?
– आमाका नाममा
– पितृका नाममा
– देवी–देउताका नाममा
– विद्याको दाउमा
– किरियाको बन्धकीमा ।
नपत्याइएको कुरा कति सजिलै सत्य भैदिन्थ्यो
एकै कसमले ।
उतिबेला,
न्यायाधीश नै भएर उभिएको थियो कसम ।
सानी छोरीलाई टीका लगाइदिएर काकाले
रक्सी छोड्छु भनी खाएको कसम तोडेको पनि देखें,
आमाको हात शिरमाथि राखेर दिदीले
झूट बोलेको पनि देखें,
औतारी–थानको ढुङ्गा छोएपछि
दाजुको गल्तीले उन्मुक्ति पाएको पनि देखें ।
बोलीपिच्छे जोडिइँदै गए कसमहरू
सँगसँगै तोडिइँदै र झूटो पनि हुँदै गए ।
सत्य होला,
कहिल्यै कतै कुनै कसमले नि पिरोल्न सकेन ।
धत्, उतिबेलाको डर ।
–कसम जतिको मिथ्या अरु केही पो नहुँदो रहेछ ।
तर चाहेरै टुट्ने त कहाँ हो रहेछ र कसम,
अहिले आएर थाहा पाउँदैछु,
नाथे एउटै कसमले कतिसम्म पिर्दो रहेछ,
जब तिमीलाई बिर्सिदिने कसम खाएँ ।