अनु अनमोल क्षेत्री
बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हुँ ।

ज्योतिष शास्त्रमा रत्नहरूको प्रयोगलाई महत्वपूर्ण मानिन्छ । रत्नको उत्पत्ति सृष्टिसँगै भएको पाइन्छ । परम्परागत रूपमा रत्नको उत्पत्ति भने प्रकृतिबाटै भएको हो । कसले अर्थात् कुन राशिले कुन रत्न लगाउने भन्ने कुरा ज्योतिषीय योगबाट तय गरिन्छ । अहिले हामीकहाँ चलनचल्तीमा रहेका रत्न भने नवग्रह रत्न नै हुन् । यी नवग्रह रत्नहरूका आ–आफ्नै विशेषता तथा फाइदा छन् ।
माणिक्य (रुबी)
यो रत्नले आत्मबल वृद्धि गर्छ ।
मुगा (कोरल)
रगतलाई शुद्ध बनाउँछ ।
रुघाखोकी एवं ज्वरोबाट जोगाउने काम गर्छ ।
रुबी रातो रंगको प्रतीक भएकाले प्रेम सम्बन्धमा राम्रो मानिन्छ ।
मोती (पर्ल)
मोतीले शीतलता प्रदान गर्छ ।
सुन्दरता दिलाउँछ ।
आन्तरिक निखार ल्याउँछ ।
मनोबल वृद्धि गर्छ ।
यौन क्षमता वृद्धि गर्छ ।
पराकम्पमा वृद्धि ल्याउँछ ।
पन्ना (एमराल्ड)
पन्नाले हरियो रंगको प्रतिनिधित्व गर्छ । यसले शरीरलाई आवश्यक हरियो रंगको कमी हुन दिँदैन ।
आँखाको ज्योति बढाउँछ ।
स्मरण शक्ति वृद्धि गर्छ ।
यो रत्न प्रयोग गर्दा खोज–अनुसन्धानमा समेत सफलता प्राप्त गर्न सकिन्छ ।
पुखराज (टोपाज)
पुखराजमा पहेंलो रंगको मात्रा बढी हुने भएकाले शरीरमा पहेंलो रंगको कमी हुन दिँदैन ।
विवेकशीलता वृद्धि गर्छ ।
यो रत्न मधुमेहका लागि उपयोगी मानिन्छ ।
यसको प्रयोगले नियन्त्रणको क्षमता बढ्छ ।
समृद्धि प्राप्त हुन्छ ।
हीरा (डायमन्ड)
हीराले चमक बढाउने काम गर्छ ।
शरीरको तापक्रम सन्तुलित राख्छ ।
नीलम (ब्लु सफायर)
रोग प्रतिरोधक क्षमता बढाउँछ ।
न्याय चेतनाको विकास हुन्छ ।
बाथ एवं चिसोबाट जोगाउँछ ।
कीटाणु नाशक क्षमता वृद्धि गर्छ ।
गोमेद
नकारात्मक ऊर्जाबाट जोगाउँछ ।
छायाको दुष्प्रभाव पर्न दिँदैन ।
लहसुनिया
यो रत्न पायल्स रोगका लागि उपयोगी छ ।
कृषि तथा पशुमा सहयोग पुर्याउँछ ।
सत्यको खोजीमा लाग्न प्रेरित गर्छ ।
(ज्योतिष मनीष सापकोटासँगको कुराकानीमा आधारित )