नेपालको हस्पिटालिटी विश्वमै प्रख्यात
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।

सञ्चारकर्मी शारदा थापालाई राजधानीमा रंगपत्रकारिता पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि रंगपक्रकारितामा त्रियाशिल रहँदै आएकी थापालाई छायाँछवि क्रियशनले ‘छायाँछवि रंगपत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । उनलाई नगद ६ हजार ६ सय राशिको पुरस्कार प्रदान गरिएको छायांछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए ।
बुधबार राजधानीमा आयोजित छैठौँ तीज म्यूजिक अवार्डको अवसर पारेर थापालाई उक्त पुरस्कार प्रदान गरिएको थियो । नेपाली गीत/संगीत र मौलिकताको जगर्ना गर्ने उद्देश्यले विगत पाँच वर्षदेखि हुँदै आएको उक्त अवार्डको छैठौँ संस्करणमा नेपाली लोकगीत/संगीत क्षेत्रका कलाकारलाई सम्मान तथा अवार्ड वितरण गरिएको थियो ।
नेपाली लोकगीत/संगीतका ३२ बिधामा अवार्ड प्रदान गरेको कार्यक्रममा बरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, भुवन चन्द, निर्देशक दिपाश्री निरौला, बरिष्ठ लेखक/निर्देशक मोहन निरौला, रोशनी के.सी, रेजिना उप्रेती लगायतका कलाकारको बाक्लो उपस्थिती रहेको थियो ।