काठमाडौंमा ‘आर्टसियन फेस्टिबल’
उद्यमी र स्टार्टटप व्यवसायीहरूलाई बजारीकरण तथा मार्केटिङका लागि सहजीकरण गर्न र नेपाली उत्पादन प्रयोगका लागि सचेतना फैलाउने उद्देश्यले काठमाडौंमा ‘आर्टसियन फेस्टिबल–२०२२’ सम्पन्न भयो ।

न्युयोर्कमा सम्पन्न दोस्रो मिस नेपाल नर्थ अमेरिका–२०१९ मा न्युयोर्ककी श्रेया गजुरेल विजयी घोषित भएकी छिन् । प्रथम बिजेता भ्यानकुभर क्यानाडाकी आस्था पाण्डे तथा द्वितीय विजेता म्यासाचुसेट्सकी कृती केसी भएका थिए ।
यसका साथै मिस ट्यालेन्ट (प्रतिभावान्) मा रेबिका श्रेष्ठ, मिस कम्युनिटी आउटरिच (सामुदायिक पहुँच) मा गरिमा पौडेल, मिस पपुलर (जनताको मतद्वारा लोकप्रिय) मा राजश्री आचार्य, फोटोजेनिक (चित्रण योग्य) मा आस्था थापामगर, मिस स्माइल (मुस्कान) मा सविना पौडेल, मिस वेस्ट ड्रेस (उत्कृष्ट पोसाक) मा ओशिन रायमाझी, मिस पर्सनालिटी (व्यक्तित्व) मा मनिषा रोका, मिस डिसिप्लेन (अनुशासन) मा रिस्ता साह, मिस क्याटवाक (बिरालो चाल) मा विष्णु मिश्रा, मिस राइजिङ स्टार (उदाउँदो तारा) मा एंजिला अधिकारी, मिस स्किन (छाला) मा आस्था थापा मगर, मिस बेस्ट हेयर (उत्कृष्ट केश) मा रिस्ता शाह विजयी रहे ।
२०१० की नेपाल सुन्दरी (मिस नेपाल–२०१०) सदिक्षा श्रेष्ठले कोरियोग्राफर तथा प्रशिक्षकको भूमिका निर्वाह गरेको यो प्रतियोगितामा उनले आफूले सबै प्रतियोगी एकसे एक पाएको बताएकी थिइन ।
विजय थापा