आत्मविश्वासी सोफिया
सानैदेखि हक्की र साहसी सोफिया भुजेल सन् २०२२ की ‘मिस युनिभर्स नेपाल’ विजेता हुन् । आगामी जनवरी १४ मा अमेरिकाको न्यू ओर्लिन्समा हुने ‘मिस युनिभर्स’ मा उनी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दैछिन् ।

‘मुटु किन’ बोलको गीत लिएर गायिका तारा नुमिहाङ्ग राई सांगीतिक बजारमा भित्रिएकी छिन् । गायिका राईले नेपाली संगीतका लोकप्रिय संगीतकार हरि लम्सालसँग सहकार्य गरेकी छिन् । उनले हालसालै सार्वजनिक गरेको गीतमा लम्सालकै संगीत समावेश गरिएको छ । गीत पदम साधना कुलुङले लेखेका हुन् ।
‘फूल चन्द्रमा’ नामको एल्वममा समावेश उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । गीतको म्यूजिक भिडियो निर्देशन निकेश खडकाले गरेका हुन् । निकेशको एक्सन कटमा यो गीतको म्यूजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारीले जोडी बाँधेका छन् ।
बुद्ध थापाको छायांकन रहेको म्यूजिक भिडियो सम्पादन विकाश धमलाले गरेका हुन् । भिडियो निर्माण भने शम्भु राईले गरेका छन् ।
गीतको म्यूजिक भिडियो :