‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
‘मुटु किन’ बोलको गीत लिएर गायिका तारा नुमिहाङ्ग राई सांगीतिक बजारमा भित्रिएकी छिन् । गायिका राईले नेपाली संगीतका लोकप्रिय संगीतकार हरि लम्सालसँग सहकार्य गरेकी छिन् । उनले हालसालै सार्वजनिक गरेको गीतमा लम्सालकै संगीत समावेश गरिएको छ । गीत पदम साधना कुलुङले लेखेका हुन् ।
‘फूल चन्द्रमा’ नामको एल्वममा समावेश उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको छ । गीतको म्यूजिक भिडियो निर्देशन निकेश खडकाले गरेका हुन् । निकेशको एक्सन कटमा यो गीतको म्यूजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारीले जोडी बाँधेका छन् ।
बुद्ध थापाको छायांकन रहेको म्यूजिक भिडियो सम्पादन विकाश धमलाले गरेका हुन् । भिडियो निर्माण भने शम्भु राईले गरेका छन् ।
गीतको म्यूजिक भिडियो :