Successfully Copied

सफलताको मूल्य

हरेक व्यक्तिका लागि सफलताको अर्थ फरक–फरक हुन्छ । त्यसैले आफ्ना लागि सफलताको वास्तविक अर्थ के हो बुझ्नु आवश्यक छ । जसले सधैं अघि बढ्ने प्रेरणा दिन्छ मनोविश्लेषकहरू त्यसैलाई सफलता मान्छन् । केही प्राप्त भएर पनि मनमा यदि असन्तुष्टिको भावना रहन्छ वा केही अरू प्राप्त गर्ने इच्छा

हरेक व्यक्तिका लागि सफलताको अर्थ फरक–फरक हुन्छ । त्यसैले आफ्ना लागि सफलताको वास्तविक अर्थ के हो बुझ्नु आवश्यक छ । जसले सधैं अघि बढ्ने प्रेरणा दिन्छ मनोविश्लेषकहरू त्यसैलाई सफलता मान्छन् । केही प्राप्त भएर पनि मनमा यदि असन्तुष्टिको भावना रहन्छ वा केही अरू प्राप्त गर्ने इच्छा हुन्छ भने उसलाई सफल हुनबाट कसैले रोक्न सक्दैन । यसको अर्थ सफलताको खुसी नमनाउनु पनि होइन । जीवनमा प्राप्त हरेक साना–ठूला खुसी तथा सफलतालाई सम्मानका साथ स्वागत गर्नुपर्छ । यसले सन्तुष्टि प्रदान गर्छ अनि आत्मविश्वास बढाउँछ । 

रोकिनुहुँदैन  

सफल भएपछि पनि असन्तुष्ट रहने एउटा ठूलो कारण हुन्छ जसले हरेकलाई अघि बढ्न प्रयत्नशील बनाउँछ । यदि सफल भएपछि केही गर्नु पर्दैन भन्ने सोच छ भने त्यो गलत हो । कारण सफल भएपछि कम्तीमा त्यो सफलता कायम राख्न निरन्तर प्रयास गर्नुपर्ने हुन्छ । सफल हुनु राम्रो कुरा हो तर उक्त सफलतालाई सधै कायम राख्नुपर्छ । त्यसपछि अर्को उपलब्धिका लागि अघि बढ्नु उचित हुन्छ । 

आफ्नो रुचिलाई नभुलौं 

 व्यक्तिको रुचि उसको खुसीको एउटा अभिन्न पाटो हो । रुचिले जो–कसैलाई आफ्नो खुबी तथा क्षमताको पहिचान गराउँछ । उसको जीवन र व्यक्तित्वको महत्वपूर्ण पाटो उसको रुचि हुने भएकाले यसलाई जीवित राख्नुपर्छ । करियरसँगै आफ्नो रुचिलाई अघि बढाउँदा व्यक्ति सफल र खुसी दुवै हुन्छ । अतः आफ्नो रुचिलाई हुर्कन र बढ्न उचित समय दिनुपर्छ । 

स्कोप बुझ्नुपर्छ 

प्रायः युवाहरू आफ्नो जिद्दीपनमा केही गर्ने निर्णय गर्छन् तर अगाडि गएर द्विविधामा पर्छन् । कुनै एउटा गन्तव्यमा पाइला राखे पनि उनीहरूमा सही–गलत छुट्याउने क्षमता हुँदैन । यस्तो अवस्थामा अभिभावकहरूको भूमिका महत्वपूर्ण हुन्छ । कतिपय अवस्थामा युवा जोस एवं कसैको प्रेसरमा उनीहरू कुनै काममा सफल पनि हुन्छन् तर कालान्तरमा आफूले अरु क्षेत्रमा अझ राम्रो गर्न सक्ने महसुस गर्छन् । यस्तो स्थितिमा अभिभावकले उनीहरूलाई बुझाएर लक्ष्य प्राप्तिका लागि प्रेरित गर्नुपर्छ । अवसर सिर्जना गर्न तथा स्कोप बढाउन उनीहरूको सीप, क्षमता एवं दक्षता अभिवृद्धिमा हौसला प्रदान गर्नुपर्छ ।

सम्हाल्नु पनि जरुरी 

सफल हुनुको अर्थ आफ्नो सफलताले अरूलाई दबाब दिनु, होच्याउनु होइन । घमण्ड र असहनशीलताजस्ता नकारात्मक भावनाबाट टाढै रहनुपर्छ । सफलताले आफूलाई घमण्डी हुन नदिनु सबैभन्दा ठूलो सफलता हो । निरन्तर आफूलाई अपग्रेड र अपडेट गर्नु आवश्यक छ । आफूलाई फाइदा हुने कुराको लोभ कायम राख्नुपर्छ । धैर्यलाई जीवित राख्नुपर्छ । आफ्नो जिम्मेवारी, बचनबद्धता एवं समयको मर्यादा निरन्तर कायम राख्नुपर्छ । कामलाई ड्युटी होइन आफ्नो पर्सनल ग्रोथसित जोडेर आफ्नो कार्यक्षमता, कार्य कुशलता एवं कार्यदक्षता सुधार्ने, निखार्ने तथा त्यसलाई प्रभावकारी बनाउने स्रोत मानेर निरन्तर लगनशील हुनु आवश्यक छ ।

 

 Image