Successfully Copied

मिसेस हङकङ २०१९ स्थगीत

पहिलो मिसेस हङकङ २०१८ को संस्करण २०१९ स्थगीत गरिएको  छ । आयोजक संस्था नेपाली महिला संघ हङकङले एक जानकारी सभाको आयोजना गर्दै उक्त कुरा बताएको हो । अव मिसेस हङकङ प्रतियोगिता हरेक २/२ बर्षमा आयोजना हुनेछ अध्यक्ष टिका गुरुङ बताएकी छिन् ।

विजेता महिलाहरुलाई सामाजिक कार्य गर्नका लागि पर्याप्त समय नभएको भन्दै प्रतियोगिताको लागि समयाअवधी बढाईएको हो । विदेशी भूमि कामको चटारोसँगै वैवाहिक जीवनलाई ब्यवस्थापन गर्ने जिम्मेवारी पनि भएकाले पर्याप्त समय चाहिएको आयोजकहरुले बताएको छ । 

कार्यक्रममा २०१८ का विभिन्न विधामा उपाधी विजेताहरुलाई सम्मान गरिएको थियो । गतबर्षको प्रथम मिसेस महिलाको उपाधी पविता पुमा राईले जितेकी थिईन । 

मिसेस हङकङले मिस नेपाल श्रृखला खतिवडासँग चेपाङ बस्तीमा स्वास्थ्य चौकी निर्माणमा सहकार्य गरिसेकेकी छन्, भने अन्य सामाजिक गतिविधीहरुमा पनि आफुलाई समाहित गरिरहेकी छिन् । 

हङकङमा पहिलोपटक मिसेस हङकङको आयोजना हुदा पर्याप्त क्रिटिसिजमहरु पनि आएको थियो । पछिल्लो समय मिसेस् हङकङले गरेका सामाजिक कार्य र सहभागीहरुमा देखिएको उत्साह र सकारात्मक परिवर्तनले भाग लिनेहरुको क्रेज बढिरहेको छ । 

 Image