रंगमञ्चदेखि रंगीन जीवनसम्म
‘प्रेम, सम्मान, विश्वास, आपसी समझदारी, एक–अर्काको अस्तित्व स्वीकारले दाम्पत्य जीवन सफल मात्रै होइन सुन्दर र खुसीयाली हुन्छ ।’

गायिका मञ्जु उपासना आफ्नो मनको साथी लिएर बजारमा आएकी छिन् । उनले हालै सार्वजनिक गरेको आफ्नो एल्वमको नाम मनको साथी राखेकी हुन् । उनको यो दोस्रो एल्वम हो ।
पछिल्लो समय गायन क्षेत्रमा सत्रिय मञ्जुले यसअघि पनि एकल एल्वम सार्वजनिक गरिसकेकी छिन् । ‘मनको साथी मेरो दोस्रो सोलो एल्वम हो’, उनले भनिन्, ‘सबैको साथ र समर्थन तथा सहयोगले दोस्रो एल्वम निकाल्न सफल भएकी छु ।’
भविषयमा पनि गायन पेशालाई अंगाली रहने बताएकी मञ्जुले आफूलाई गीत/संगीतबाट पलायन हुने मन नभएको बताईन् ।
उनको ‘मनको साथी’मा पाँच वटा गीतहरू रहेका छन् । ती सबै गीतमा मञ्जुको स्वर छ । ‘मनको साथी’मा सन्तोष श्रेष्ठ, अविन ढुंगाना र दीपक सिल्वालले संगीत दिएका छन् । शब्द प्रकाश केसी, संगीता थापा र एचबी सुनारले लेखेका हुन् ।