बहुप्रतिभाशाली इन्दिरा
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/entertainment/cover-3-29012023011759.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2023/entertainment/cover-3-29012023011759.jpg&w=1000&height=600)
स–साना नानीहरू अहिले मोबाइलका गेम तथा टिभीमा आउने कार्टुनमा निकै रमाएको पाइन्छ । अभिभावकहरू पनि चकचक र बदमासीमा नलाग्ने हुँदा नानीहरू मोबाइलमा रमाउँदा राहतको अनुभव गर्छन् ।
यद्यपि अत्यधिक मोबाइल प्रयोगले नानीहरूलाई गर्ने क्षतिका बारेमा अभिभावकहरू समयमै जानकार हुनुपर्छ । अध्ययन–अनुसन्धानहरूले मोबाइलमा धेरै गेम खेल्ने, हेर्ने तथा सामाजिक सञ्जाल चलाउने बानीले कालान्तरमा नकारात्मक असर पर्ने प्रमाणित गरेका छन् ।
जसरी लागूऔषध सेवन गर्ने व्यक्तिले चाहेको बेलामा त्यस्ता पदार्थ नपाउँदा अस्वाभाविक व्यवहार देखाउँछन् त्यसैगरी मोबाइलमा गेम खेल्ने लत लागेका बालबालिकाले चाहेको समयमा खेल्न नपाउँदा अस्वाभाविक गतिविधि प्रस्तुत गर्छन् ।
मोबाइलको प्रयोगबाट नानीहरूले केही हदसम्म नयाँ कुरा सिके पनि समग्रमा उनीहरूलाई अरु धेरै घाटा भैरहेको हुन्छ । नानीहरूलाई मोबाइलको लतबाट जोगाउने केही सरल उपाय पनि छन् । जस्तै– मोबाइल नानीहरूले नभेट्ने ठाउँमा राख्नुपर्छ ।
साना शिशुहरूलाई सकेसम्म घरमा एक्लै छाड्नु हुँदैन र उनीहरूका गतिविधिका बारेमा नियमित अनुगमन गरिरहनुपर्छ । मोबाइलमा उनीहरू कुन गेम, कार्टुन, भिडियो वा चित्रमा आकर्षित छन् त्यसको निरीक्षण गरी बाहिर सोही कुरामा इन्गेज गराउँदा बालबालिकामा सिर्जनशीलता बढ्नुका साथै ऊनीहरूको सक्रियता अतिरित्त क्रियाकलापमा वृद्धि हुँदै जान्छ ।
प्रिन्सिपल–टोडलर्स इन्टरनेसन मन्टेश्वरी तथा प्रि–स्कुल