प्रेमिल जोडी
एकजना साथीले मोडल करिष्मा केसीलाई ‘सलोन बस्नेतसँग म्युजिक भिडियो खेल्ने हो ?’ भनेर अफर गरे । करिष्माले ‘हुन्छ’ भनिदिइन् । सलोनले अभिनय गरेको ‘होस्टल’ चलचित्र हेरेपछि करिष्मा उनको फ्यान बनेकी थिइन् ।
फेसन मोडलका रूपमा परिचय बनाउन सफल मुना गौचनले हालै इजिप्टमा संचालित मिस इको इन्टरनेसनल–२०१९ मा उत्कृष्ट २१ सम्मको यात्रा तय गरेकी छिन् । उक्त प्रतियोगितामा विश्वका पाँच दर्जनभन्दा बढी सुन्दरी सहभागी थिए ।
मुना ट्यालेन्ट राउन्डअन्तर्गत आफूले प्रस्तुत गरेको नृत्यमा उत्कृष्ट १५ सम्म पुगेकी थिइन् । कायरो ओपेरा हाउसमा गएको मार्च २९ तारिखमा सञ्चालित फाइनलको उपाधि पेरुकी सुहिन सिप्रियानीले जितेकी छिन् ।