‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
शिवानी न्यौपाने
लेखिका तथा युवा व्यवसायी
मेरो प्रेरणा : मेरी आमा ।
मेरो आशा : समाजका लागि राम्रो गर्ने ।
मेरो करियर : अगाडि बढ्दैछ ।
मेरो कर्म : राष्ट्रहितका लागि ।
मेरो समर्पण : नेपालको समृद्धि ।
मेरो प्रेम : पुस्तकहरू ।
मेरो इच्छा : विकसित नेपाल ।
मेरो कमजोरी : प्रतिक्रिया जनाइहाल्ने ।
मेरो आदर्श : मेरो बुवा ।
मेरो बलियो पक्ष : सबैमा राम्रो देख्ने ।
मेरो आकांक्षा : खुसी ।
मेरो घर : शान्तिस्थल ।
मेरो विश्वास : असम्भव केही छैन ।
मेरो समर्पण : मेरो लेखन ।
मेरा अभिभावक : भगवान्सरह ।
मेरो परिवार : खुसीको स्रोत ।
मेरो भरोसा : असल कर्ममा ।
मेरो जीवन : जीवन छोटो समय हो । हामी केका लागि यहाँ आएका हौं । त्यसको पहिचान गरी आफूलाई सही मार्गमा लान सक्नुपर्छ । अहिले मेरो जीवन सुन्दर छ । कामबाहेक आफ्नो समय कला–कृतिमा बिताइरहेकी छु जसले मेरो जीवनमा शान्ति छाएको छ ।