मनमोहक राजकाँडा
उकालोमा हिँड्नुको दुःख, थोपाथोपा पानीका लागि तड्पिनुको पीडा र पहाडी भेगको चिसो सिरेटोले हानेको सबै दुःख बिर्साउने दृश्य थियो,राजकाँडाको ।

मदन पुरस्कार विजेता लेखक राधा पौडेलको दोस्रो कृति ‘अपवित्र रगत’ सार्वजनिक भएको छ । महिनावारीमा केन्द्रित यो किताबमा राधाले आफ्नो अनुभवबाट सुरू गर्दै विभिन्न ठाउँका कथा संगालेकी छन् ।
पेसाले नर्स राधाले आफ्नो कामको सिलसिलामा नेपालका विभिन्न गाउँठाउँ पुग्दा देखे–भोगेका अनुभवहरूलाई ‘अपवित्र रगत’ मा समेटेको बताएकी छिन् ।
उनले ‘मितेरी जैविक स्यानिटरी प्याड’ नामक संस्था सञ्चालनमा ल्याएकी छन् । यो संस्थाले जैविक स्यानिटरी प्याड उत्पादन गर्दै आएको छ । हाल परीक्षणमा भएकाले बजारमा उपलब्ध भइसकेको छैन ।
राधाले आफ्नो यही संस्थामार्फत् हुने विभिन्न अनुसन्धानका क्रममा भेटिएका महिनावारीका कथा किताबमा समेटेकी छन् । नेपालमा महिनावारीलाई ‘पाप’ को संज्ञा दिनेको अझै पनि ठूलो जमात छ । महिनावारीको रगतलाई अपवित्र मान्दै महिलाहरूमाथि विभेद हुन्छ । पिछडिएका गाउँमा महिनावारीका बेला गोठमा बस्दा धेरै महिला र उनका कलिला छोराछोरीले ज्यान समेत गुमाएका छन् ।
यस्तै गाउँठाउँका ‘महिनावारी कथा’ समेट्दै राधाले आफ्नो दोस्रो कृति सार्वजनिक गरेको बताएकी छिन् ।
‘अपवित्र रगत’ काठमाडौं पब्लिकेसनबाट प्रकाशन गरिएको हो । यसअघि प्रकाशित कृति ‘खलंगामा हमला’ले मदन पुरस्कार प्राप्त गरेको थियो ।