लेखक प्रतिभा सुवेदीको पुस्तक ‘मेरो पहिचान’ विमोचन
लेखक प्रतिभा सुवेदीको ‘मेरो पहिचान’ पुस्तक विमोचन भएको छ ।

आगामी फेब्रुअरी १२ देखि १७ मा सिंगापुरमा आयोजना हुने अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस हेरिटेज इन्टरनेशनल–२०१९’ मा अदिती श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । प्रतियोगीताको लागि नेपालको आधिकारीक संस्था इप्लानेट नेपालले गत शुक्रबार शंकर होटल लाजिम्पाटमा एक कार्यक्रमका बिच ‘मिस हेरिटेज ईन्टरनेशनल नेपाल २०१९’को ताज पहिराउँदै अन्र्तराष्ट्रिय प्रतियोगीताका लागि बाटो खुला गरेको हो ।
कार्यक्रममा ‘मिसेज हेरिटेज इन्टरनेशनल नेपाल –२०१९’ दुर्गा विसुराल चुनिएकी छिन् । उनले पनि सिंगापुरमा सोही समय आयोजना हुने विवाहित महिलाहरुको प्रतियोगीता ‘मिसेस हेरिटेज इन्टरनेशनल–२०१९’मा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
प्रतियोगीतामा ४० बढी देशको सहभागिता रहने छ । युनेस्कोले ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतीको जगेर्ना इ–प्लानेटद्वारा सञ्चालित अन्तर्रा्ष्टि्रय प्रतियोगिता हेरिटेज इन्टरनेशनलले विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम समेत गर्ने छन् ।