सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।

झम्सिखेल एरियामा टुरिस्टहरूलाई टार्गेट गरिएका दर्जेनौं कलेक्टिभ स्टोर छन् । त्यसमध्ये टुरिस्टहरूका साथै नेपालीहरूलाई समेत टार्गेट गरी खोलिएको मायाको चिनो धेरैको रोजाइको स्टोर हो । यसको अवधारणा टुरिस्ट गाइड मल्लिका श्रेष्ठको हो । यसको बाहिरी स्टक्चरदेखि भित्री इन्टेरियरमा समेत हस्तकलाकै बाहुल्यता देखिन्छ । काम गर्ने हो भने युवाहरूले बिदेसिनु पर्दैन भन्ने धारणा राख्ने मल्लिका भर्खरै २७ वर्ष टेकेकी छिन् । हस्पिटलाइटी तथा टुरिजम पढेकी श्रेष्ठले ४ वर्ष कफी सपमा काम गरेकी थिइन् । त्यही अनुभवले नै उनलाई आफै केही गर्नुपर्छ भन्ने शिक्षा दियो ।
बाल्यकालमा लज्जालु स्वभावकी मल्लिका ब्याचलरपछि इन्टर्नसीपमा फिल्डमा पुगेपछि मात्र खुल्न थालेकी हुन् । ट्राभल एजेन्सीमा काम गर्दा आफूलाई आउटिङतिर रुचि भएको थाहा भयो र उनी ट्राभल गाइडको लाइसेन्स लिएर फ्रिलाइन्सरका रूपमा गाइडको काम गर्न थालिन् ।
अरुको अन्डरमा बस्नुभन्दा आफै काम गर्नु वेश भन्ने सोचकै कारण उनी यो पेसामा लागेकी हुन् । उनको मुख्य रुट रसुवा, मनाङ, मर्साङ, अन्नपूर्ण, रारा तथा एभरेस्ट हो । यद्यपि उनलाई अन्नपूर्णको यात्रामा रमाइलो लाग्छ । फुर्सदले मानिसलाई अल्छी बनाउँछ र उसको सिर्जनात्मक सोचलाई मार्दै जान्छ, उनको यो सोच पुरानै हो ।
साथै घरमा आमाले सानो–सानो स्केलको सिलाइ, बुनाइ गरी हस्तकलाका सामग्रीहरू बनाउने र बजारमा लाँदा राख्न नदिने जस्ता घटना पनि मायाको चिनो खोल्नुको कारण हो । त्यसपछि उनले आफ्नी आमाले जस्तै अरूले घरमै बसेर बनाउने सामग्रीहरू राखेर स्टोर खोलिन् । यो घरमै काम गर्ने महिलाहरूलाई प्रोत्साहन दिई आय आर्जन गर्न सक्ने थलो भएको छ ।
मल्लिका आफू पनि सिर्जनशिल छिन् । उनलाई हरेक पुराना सामग्री रियुज गरी नयाँ बनाउन मिल्छ भन्ने लाग्थ्यो । उनी साइकलका काम नलाग्ने ट्युबको ब्याग बनाउँछिन् जुन उनी आफै पनि ट्रेकिङ जाँदा प्रयोग गर्छिन् । ट्युबहरू वाटरप्रुफ भएकाले घाम, पानी केहीले पनि भित्रको सामानलाई असर गर्दैन । उनका यी ब्याग विदेशीहरूमाझ निकै लोकप्रिय हुँदैछन् । प्लास्टिकका बोतलहरू पनि त्यसै फालेर वातावरण फोहोर बनाउनुको साटो उनी बोतलमा बोटहरू उमारेर सस्तो मूल्यमा बिक्रीमा राख्छिन् ।
अहिले उनी यस्ता सामानहरूको रियुज गरी वातावरणमैत्री सहर निर्माणमा समेत सक्रिय छिन् । उनले अहिले मायाको चिनोमा क्रस स्टिचको प्रशिक्षण दिइरहेकी छिन् । जसमा महिलाहरूले घरमै बसी कपडामा बुनेर सजावट गर्न मिल्ने सामान बनाउन सक्छन् । मल्लिकाले अहिले ८ जना महिलाका सामान मायाको चिनोमा राखेकी छिन् । मल्लिका आफैले गाइड गर्दै हस्तकलालाई प्रमोट गर्दै, महिलाहरूलाई काम दिँदैछिन् । आँटे असम्भव के छ र ? उनको यो सोच नै युवापुस्ताका लागि नेपालमै केही गर्न सकिन्छ भन्ने उदाहरण हो ।
मल्लिका श्रेष्ठ
टुरिस्ट गाइड