राजनीतिमा अभिनेतृ एलिजा
मोडल तथा अभिनेतृ एलिजा गौतम राजनीतिमा प्रवेश गरेकी छन् ।

आरके इन्टरटेन्मेन्ट ग्रुपको ब्यानरमा मिस ग्राण्ड नेपाल २०१९ को आयोजना हुने भएको छ । हालै गरिएको पत्रकार भेटघाट मार्फत् उल्लेखीत कुराको जानकारी गराइएको हो ।
आयोजक पक्षका अनुसार मिस ग्राण्ड नेपाल २०१९ का प्रमुख तीन उपाधि विजेताहरुले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।
प्रतियोगिताका विजेताले नगद पुरस्कार, नयाँ स्कुटर तथा अन्य उपहारहरु प्राप्त गर्ने जनाइएको छ । राजधानी शहर तथा मोफसलका मुख्य शहरहरुमा अडिसन संचालन गरेर अन्तिम प्रतिस्पर्धीहरु निक्र्यौल गरिएपछि करिब पाँच साताको ग्रुमिङ पश्चात् राजधानी शहरमा ग्राण्ड फिनाले संचालन गरिने आयोजक पक्षले जनाएको छ ।
यस अघि मिस ग्राण्ड नेपाल २०१८ सम्पन्न गरेको आरके इन्टरटेन्मेन्टले किन्डर गार्टेन प्रिन्स एण्ड प्रिन्सेस्, स्कूल प्रिन्सेस् तथा कलेज क्वीन नेपाल शीर्षक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।