५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
आरके इन्टरटेन्मेन्ट ग्रुपको ब्यानरमा मिस ग्राण्ड नेपाल २०१९ को आयोजना हुने भएको छ । हालै गरिएको पत्रकार भेटघाट मार्फत् उल्लेखीत कुराको जानकारी गराइएको हो ।
आयोजक पक्षका अनुसार मिस ग्राण्ड नेपाल २०१९ का प्रमुख तीन उपाधि विजेताहरुले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।
प्रतियोगिताका विजेताले नगद पुरस्कार, नयाँ स्कुटर तथा अन्य उपहारहरु प्राप्त गर्ने जनाइएको छ । राजधानी शहर तथा मोफसलका मुख्य शहरहरुमा अडिसन संचालन गरेर अन्तिम प्रतिस्पर्धीहरु निक्र्यौल गरिएपछि करिब पाँच साताको ग्रुमिङ पश्चात् राजधानी शहरमा ग्राण्ड फिनाले संचालन गरिने आयोजक पक्षले जनाएको छ ।
यस अघि मिस ग्राण्ड नेपाल २०१८ सम्पन्न गरेको आरके इन्टरटेन्मेन्टले किन्डर गार्टेन प्रिन्स एण्ड प्रिन्सेस्, स्कूल प्रिन्सेस् तथा कलेज क्वीन नेपाल शीर्षक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।