Successfully Copied

हङकङमा चासोक तङ्नाम

किरात याक्थुम चुम्लुङ् हङकङले आयोजना गरको कार्यक्रममा सहभागी भएका युवायुवतीको संख्याले उत्साहित बनाएको गायक तथा संगितकार साक्थिम योङ्या बताउँछ्न । नयाँ पुस्ताको आकर्षण र सहभागीता नै हाम्रो संस्कृती र परम्परालाई निरन्तरता दिने संकेत हो उनले भने ।

किराती राईहरुको साकेला उधौली सकिएसँगै प्रकृति पुजक लिम्बुहरुले धुमधामका साथ चासोक तङ्नाम मनाएका छन् । हङकङ स्थित मङ्कीहिलमा आयोजना गरिएको कार्यक्रममा लिम्बु, गैह् लिम्बुहरुको उल्लेख सहभागिता थियो । परम्परागत भेषभुषा, गहनामा सजिएका लिम्बु समुदायका महिला, पुरुषहरुको ओहोर दोहोरले साझ संस्कृतिको धनी हङकङ रंगिन बन्यो ।

विहानैबाट शुरु भएको कार्यक्रममा लिम्बुहरुको मौलिक परिकार, गरगहना, परम्परागत भेषभुषा प्रर्दशनीमा राखिएको थियो । कार्यक्रमलाई नेपालबाट आएका र स्थानिय कलाकारहरुको प्रस्तुतीले थप मनोरञ्नात्मक बनायो । 

किरात याक्थुम चुम्लुङ् हङकङले आयोजना गरको कार्यक्रममा सहभागी भएका युवायुवतीको संख्याले उत्साहित बनाएको गायक तथा संगितकार साक्थिम योङ्या बताउँछ्न । नयाँ पुस्ताको आकर्षण र सहभागीता नै हाम्रो संस्कृती र परम्परालाई निरन्तरता दिने संकेत हो उनले भने । 

चासोकको अर्थ नयाँ र तङ्नामको अर्थ चाड, पर्व हुन्छ । चासोकमा नयाँ पाकेको शुद्ध अन्नलाई पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेबी)लाई अर्पण गरिन्छ । 

 Image