Successfully Copied

मेक्सिकन सुन्दरीलाई मिस वल्र्ड

चीनको सान्या सहरमा सञ्चालित ६८ औं संस्करणको विश्वसुन्दरी प्रतियोगिताको शीर्ष उपाधि २६ वर्षीया मेक्सिकन सुन्दरी भेनिसा पोन्स डे लियनले जितेकी छिन् । भेनिसा विश्व सुन्दरीको उपाधि जित्ने पहिलो मेक्सिकन युवती हुन् ।

चीनको सान्या सहरमा सञ्चालित ६८ औं संस्करणको विश्वसुन्दरी प्रतियोगिताको शीर्ष उपाधि २६ वर्षीया मेक्सिकन सुन्दरी भेनिसा पोन्स डे लियनले जितेकी छिन् । भेनिसा विश्व सुन्दरीको उपाधि जित्ने पहिलो मेक्सिकन युवती हुन् ।

मिस वल्र्ड–२०१८ को प्रबल दाबेदारका रूपमा हेरिएकी मिस नेपाल २०१८ श्रृंखला खतिवडाको यात्रा भने उत्कृष्ट १२ सम्म पुगेर टुंगियो । विश्व सुन्दरीको उपाधि जित्न नसके पनि श्रृंखलाले प्रतियोगिता अवधिभर दिएको प्रस्तुतिले आमनेपाली तथा सौन्दर्य प्रतियोगितामा रुचि राख्ने विश्वभरका धेरै मानिसको मन जितेको छ ।

मिस वल्र्ड–२०१८ मा सहभागि भएकी मिस नेपाल श्रृंखला खतिवडाले प्रतियोगितामा मल्टिमिडिया र ब्युटी विथ अ पर्पोजको एवार्डसँगै उत्कृष्ट ३० र त्यस पछि उत्कृष्ट १२ सम्मको यात्रा तय गरिन् । त्यसबाहेक उनी सान्या टुरिज्म प्रोमोशन भिडियो एवार्डमा सेकेन्ड रनर्सअप भइन् । खतिवडा प्रतियोगितामा मिस वल्र्ड टप मोडल कम्पिटिसनमा उत्कृष्ट ३२ भित्र पर्न सफल भएकी थिइन् । फास्टट्रयाक एवार्डबाहेक मिस वल्र्ड प्रतियोगिताको अर्को महत्वपूर्ण पाटो मानिएको हेड टु हेड च्यालेन्जमा उनी समूह विजेता भएकी थिइन् । 

यस पटकको मिस वल्र्ड प्रतियोगिताको ग्राण्ड फिनालेको ढाँचामा केही परिवर्तन गरिएको थियो ।

ओपनिङ एक्ट र डान्सेस अफ द वल्र्डको प्रस्तुतिपछि प्रतियोगिताका उत्कृष्ट ३० ले फिनालेको स्टेजमा स्थान पाए, जस अन्तर्गत फास्ट ट्रयाक एवार्डमध्ये मल्टिमिडिया र ब्युटी विथ अ पर्पोजकी विजेताका रूपमा मिस नेपाल, टप मोडल अवार्ड विजेताका रूपमा मिस फ्रान्स, ट्यालेन्ट एवार्ड विजेताका रूपमा मिस जापान तथा स्पोर्ट्स च्यालेन्ज एवार्ड विजेताका रूपमा मिस अमेरिकाले उत्कृष्ट ३० मा स्थान बनाए ।

यसैगरी ब्युटी विथ पर्पोज अन्तर्गत नै मिस इन्डोनेसिया, मिस न्युजिल्यान्ड र मिस भियतनामले पनि उत्कृष्ट ३० मा आफ्नो स्थान सुरक्षित गरे । हेड टु हेड च्यालेन्स जितेर मिस मरिसस्, मिस भेनिजुएला, मिस बंगलोदेश, मिस चीली, मिस मलेसिया, मिस इन्डिया, मिस सिंगापुर, मिस थाइल्यान्ड, मिस मेक्सिको तथा मिस युगान्डा उत्कृष्ट तीसमा पर्न सफल भएका थिए । त्यसबाहेक अन्य १३ जना सुन्दरीले निर्णायकहरूको निर्णयबाट क्वार्टर फाइनल (उत्कृष्ट ३०) मा स्थान सुरक्षित गरेका थिए ।

उत्कृष्ट तीस जनालाई उनीहरूको महादेशका आधारमा पाँच समूहमा विभाजन गरिएको थियो । त्यसपछि भने उत्कृष्ट १२ को चयन गरियो, जसअन्तर्गत युरोपबाट बेलारुस, फ्रान्स र स्कटल्यान्ड, क्यारिबियन क्षेत्रबाट जमैका र मार्टिनिक, अमेरिकाज्बाट पानामा र मेक्सिको, अफ्रिकाबाट मरिसस् र युगान्डा तथा एसिया एन्ड ओसिनियाबाट नेपाल, न्युजिल्यान्ड र थाइल्यान्ड पर्न सफल भए । उत्कृष्ट १२ जनालाई आ–आफ्नो छोटो परिचय प्रस्तुत गर्न लगाइएको थियो ।

त्यसपश्चात् यसपटकको परिमार्जित खाकाअनुसार महादेशिय विजेता चयनसँगै उनीहरूलाई फाइनलिस्टका रूपमा प्रस्तुत गरियो, जसमा युरोपबाट बेलारुसकी मारिया भासिलेभिच, अफ्रिकाबाट युगाण्डाकी क्विलिन अबेनाक्यो, क्यारिबियनबाट जमैकाकी काडिजाह रोबिन्सन, अमेरिकाबाट मेक्सिकोकी भेनिसा पोन्स डे लियन तथा एसिया एन्ड ओसिनियाबाट थाइल्यान्डकी निकोलिन लिम्सनुकान महादेशीय सुन्दरी तथा मिस वल्र्ड–२०१८ का टप फाइभ फाइनलिस्ट चुनिए ।

त्यसपछि फाइनलिस्टहरूले पालैपालो एक–एकवटा प्रश्नको सामना गरे । हरेक फाइनलिस्टलाई एक–एक जना पूर्व विश्व सुन्दरी विजेताको प्रश्नको उत्तर दिन लगाइएको थियो । त्यसपछि लाइभ दर्शकको भोटिङ र १३ जना निर्णायकको मतलाई आधार मानेर मिस वल्र्डको घोषणा गरिएको थियो, जसमा मिस थाइल्यान्ड प्रतियोगिताको रनर्सअप भइन् ।

 Image