Successfully Copied

मिठाई खान डराउनुपर्ने स्थिति

अहिले बढ्दो सुगर, प्रेसर एवं अन्य कुनै कारणले पहिले जस्तो ध्यानै नदिई मिठाईं खाने चलन घट्दो छ । बरु राम्रो, गुणस्तरीय मिठाईं नै खाउँm भन्ने कन्सेप्टका कारण राम्रा ब्रान्ड तथा पसलहरूले चिनीको मात्रा कम वा सुगर फ्रि मिठार्इं तयार पार्न थालेका छन् ।

नेपालमा मिठाईंका रूपमा खुवा नै बढी प्रयोग गरिन्छ । भारतमा भने खुवामा काजु, किसमिस, बदाम, पिस्ता आदि मिसाई बर्फी, पेडा आदि बनाएर खाने चलन छ । अहिले नेपाली मिठाईंको बजारमा भारतीय मिठाईंको माग बढी छ ।

अहिले बढ्दो सुगर, प्रेसर एवं अन्य कुनै कारणले पहिले जस्तो ध्यानै नदिई मिठाईं खाने चलन घट्दो छ । बरु राम्रो, गुणस्तरीय मिठाईं नै खाउँm भन्ने कन्सेप्टका कारण राम्रा ब्रान्ड तथा पसलहरूले चिनीको मात्रा कम वा सुगर फ्रि मिठार्इं तयार पार्न थालेका छन् ।

अहिले दुबईबाट छोकडा ल्याएर बर्फी बनाइन्छ जसमा चिनीको मात्रा पटक्कै हुँदैन । काजु, अञ्जिर, बदाम, पिस्तामात्र हालेर पनि मिठार्इं बनाउने–खाने चलन छ । हिजोआज भारतबाट नेपाल, अमेरिका, लन्डन, दुबई, अस्ट्रेलियामा समेत मिस्त्रीहरू पठाएर मिठाईं तयार पारिन्छ ।

अहिले मानिसहरू जहाँसुकैको मिठाईं खान डराउँछन् । त्यसैले लोकल भन्दा सिस्टमबाट तयार पारिएको मिठाईं पसलमै खानेहरू बढेका छन् । मिठाईं चियासँग, खाजा वा खानापछि डेजर्टका रूपमा तथा खुसी साटासाट गर्न प्रयोग गरिन्छ ।

मिठाईंलाई मिठाईंकै रूपमा उपभोग गर्नु स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ भने बढी मिठाईं सेवन गर्दा अमन हुने खतरा पनि हुन्छ । 

                                                         म्यानेजर सिद्धार्थ स्विट एण्ड बेकरी

 Image