Successfully Copied

सानो कोठाको व्यवस्थापन

कोठाको लम्बाइ–चौडाइअनुसारको पलङ छनौट गर्नुपर्छ । भित्रपट्टि धेरै सामान राख्न सकिने पलङ खरिद गर्दा फाइदा हुन्छ । त्यसले कोठाका सामान छरपस्ट हुन दिँदैन । यदि सामान राख्ने स्थान छुट्टै भए फोल्ड गर्न मिल्ने पलङ प्रयोग गर्न सकिन्छ ।

बेडरुम सानो छ भने कोठाको भित्तामा सेतो, क्रिम तथा खैरो रङ प्रयोग गर्नु उपयुक्त हुन्छ । यद्यपि झुक्किएर पनि कालो रङ प्रयोग गर्नु हुँदैन । भित्तामा सेतो, क्रिम वा खैरो रङ लगाउँदा राति शान्ति तथा दिउँसो ताजापन महसुस गर्न सकिन्छ ।

कोठाको लम्बाइ–चौडाइअनुसारको पलङ छनौट गर्नुपर्छ । भित्रपट्टि धेरै सामान राख्न सकिने पलङ खरिद गर्दा फाइदा हुन्छ । त्यसले कोठाका सामान छरपस्ट हुन दिँदैन । यदि सामान राख्ने स्थान छुट्टै भए फोल्ड गर्न मिल्ने पलङ प्रयोग गर्न सकिन्छ ।

सानो कोठालाई फरक देखाउन धेरै सामान राख्न सकिने दराज खरिद गर्नु बुद्धिमानी हुन्छ । कोठाको आकार हेरी भित्र धेरै ठाउँ भएको दराज सान्दर्भिक हुन्छ, जसले कपडा तथा अन्य वस्तु राख्न प्रशस्त ठाउँ दिन्छ ।

सानो कोठाको भित्तामा आलमारी बनाउन सकिन्छ, जुन आलमारीमा सजावटका सामान, पुस्तक आदि राख्न सकिन्छ ।

 Image