अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रले नेपालमै पहिलो पटक उच्च क्षमताको कार्डियाक सिटी स्क्यान मेसिन संचालनमा ल्याएको छ । गत महिना गंगालालले मुुटु रोग, धमनीलगायतका अन्य समस्या समयमै पहिचान गर्न ६४० स्लाइस क्षमताको एक्विलियोन वान कार्डियाक सिटी भित्र्याएको हो ।
सिटी स्क्यान गर्दा बिरामीको भित्री अंगको तस्बिर धेरै राम्रो खिच्ने यो उपकरणबाट मुटु वा शरीरका अन्य भागमा के भएको छ सजिलै पत्ता लगाउन सकिन्छ । यसको प्रयोग खासगरी मुटु, मुटुका धमनी, मस्तिष्क, फोक्सोका समस्या आदि पत्ता लगाउन हुनेछ ।
यो उपकरण धेरै बेरसम्म सास रोक्न नसक्ने बिरामीका लागि समेत लाभदायक छ । स्क्यान गर्दा तीन सेकन्डमै क्लियर इमेज दिन्छ । चिकित्सकहरूका अनुसार यो अत्याधुनिक प्रविधि भएका कारण अब आकस्मिक अवस्थामा आएका मुटुका रोगीको समस्या समयमै पहिचान गरेर उपचार अघि बढाउन सहज हुनेछ ।