पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।

मंगोल समुदायका विवाहित महिलाहरुमा केन्द्रित जातिय सौन्दर्य प्रतियोगिता मिसेस् मंगोल नेपाल २०१८ मा धनमाया मगर विजेताका रुपमा चयन भएकी छिन् । उनी इन्टेलिजेन्ट विधाको अवार्ड पनि विजयी भएकी हुन् ।
प्रतियोगितामा कन्फिडेन्ट र एनर्जेटिक अवार्ड सहित निर्मला राई फस्ट रनर अप तथा ट्यालेन्ट अवार्ड सहित पम्फा ओजि सेकेन्ड रनर अप घोषित भएका छन् ।
प्रतियोगितामा अट्राक्टिभ विधाको अवार्ड सहित मोस्ट पपुलरको ताज पहिरिन सफल भइन् सन्तोषी लिम्बु । अमेजन इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा संचालन भएको उक्त प्रतियोगिता राष्ट्रिय नाचघरको डबलीमा मंचन भएको थियो भने प्रतियोगिता हिमानी सुब्बाको कोरियोग्राफी प्रस्तुत भएको थियो ।