‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
दिवंगत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा उनको परिवारले निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरेको थियो ।
मंगलबार भरतपुरको शिवनगरमा एक कार्यक्रमको आयोजना गरी औषधि वितरण तथा स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा ३ सय जना क्यान्सर रोगीको स्वास्थ्य परीक्षण गरिएको तथा २ सय जना क्यान्सर रोगीलाई औषधी वितरण गरिएको थियो । बिरामीलाई विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालले स्वास्थ्य शिविरले विपन्न नागरिकलाई राहत मिल्ने बताइन् । यसैगरी आफ्नी दिदीको क्यान्सरका कारण मृत्यु भएको र कोही पनि क्यान्सरबाट मर्नु नपरोस् भनेर कार्यक्रम आयोजना गरिएको बताइन् ।
दिवंगत ज्ञानु दाहालकी छोरी तथा प्रकाश दाहालकी भाञ्जी सृष्टि दाहालको अग्रसरता उक्त कार्यक्रम भएको थियो । आफ्नो आमा तथा मामा जस्तै कोही पनि अकालमा मर्नु नपरोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको तथा आफन्तको अभावमा कति पीडा हुन्छ भन्ने कुरा आफूले भोगिसकेको उनले बताइन् । थोरै भएपनि क्यान्सर पीडितलाई राहत दिने उद्देश्यले कार्यक्रम गरिएको उनले प्रष्ट पारिन् ।