‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।

मोडलिङमा सक्रिय रोनालीले मिस इको इन्टरनेसनल तथा मोडल हन्टको उपाधि पहिले नै जितिसकेकी थिइन् । इको इन्टरनेसनलका रूपमा उनले इजिप्टमा नेपालको प्रतिनिधित्व समेत गरेकी थिइन् । अमात्यले थुप्रै फेसन शो तथा फोटोसुटमा भाग लिनुका साथै एउटा म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् । रोनालीमा सानैदेखि मिस नेपालमा भाग लिने रहर थियो ।
प्लस टु र स्नातक बैंग्लोरमा गरेर स्वदेश फर्किएपछि उनले मिस नेपालमा प्रतिस्पर्धा गरेकी हुन् । उनी उपाधि जित्छु भन्ने टार्गेटका साथ यसमा सहभागी भएकी थिइन् । उनमा म सफल हुन्छु भन्ने भरपूर आत्मविश्वास पनि थियो । आत्मविश्वासले नै उनलाई मिस नेपाल–२०१८ मा मिस नेपाल इन्टरनेसनलको उपाधि जित्न सघाउ पुर्यायो । उपाधिसँगै रोनालीले जापानमा हुने मिस इन्टरनेसनल–२०१८ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
युवाहरूलाई सशक्त बनाउने अभियानको नेतृत्व गर्ने लक्ष्य लिएकी रोनाली प्रेरणादायक पुस्तकको अध्ययन एवं अनुसन्धानमा रुचि राख्छिन् । अहिले उनी जापानमा आयोजना हुने मिस इन्टरनेसनलका लागि अध्ययन तथा तयारी गरिरहेकी छिन् । रोनाली पहिलेको मिस इन्टरनेसनलका भिडियोहरू हेर्दै, पहिलेका मिस इन्टरनेसनल नेपालहरूसँग छलफल पनि गर्दैछन् । आफ्नो देशको नाम राख्न हरप्रयास गर्ने उनको सोच छ । मोडलिङलाई प्यासनका रूपमा लिने रोनाली अबको पूरै ध्यान मिस इन्टरनेसनलको तयारीमा दिँदैछिन् ।