‘रंगहरूसित एकदिन’ कार्यक्रम सम्पन्न
आर्ट थेरापीले मानसिक रूपमा तनाव कम हुनुका साथै शरीरमा सकारात्मक सोच आउने कार्यक्रमकी संयोजक कलाकार कृपा श्रेष्ठले बताइन् ।

सरकारले आर्थिक वर्ष २०७५/७६ मा महिला तथा बालबालिकातर्फ एक अर्ब ८८ करोड २२ लाख रुपैयाँ विनियोजन गरेको छ ।
संघीय सरकारको पहिलो पूर्ण बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उक्त कुरा बताएका हुन् ।
अर्थमन्त्री खतिवडाले दुर्गम क्षेत्रमा आपतकालीन सुत्केरीको उद्धारका लागि एयर एम्बुलेन्स उपलव्ध गराउने बताए ।
यस्तै सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्चलाई दोब्बर गरिने भएको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘गर्भावस्थादेखि नै प्रसूति सेवा र यातायात खर्च दोब्बर गरिएको छ ।’
यसअघि सुत्केरीले यातायात खर्च बापत एक हजार रुपैयाँ पाउँदै आएका थिए ।
यस्तै सरकारले बालविवाह, कुरीति लगायत महिला हिंसा रोक्न सचेतना अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।