Successfully Copied

ज्वेल अफ द वल्र्ड

ज्वेल अफ द वल्र्ड नामक नयाँ सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट सपना भेटवालले सहभागीता जनाउने भएकी छिन् ।

ज्वेल अफ द वल्र्ड नामक नयाँ सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट सपना भेटवालले सहभागीता जनाउने भएकी छिन् । इटहरी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएकी सपना होप इन्टरनेसनल कलेजमा बिएसी नर्सिङ अध्ययरत छिन् । गायन, नृत्य र भ्रमणमा रुचि राख्ने सपना नेपाल्स फेसन आइकन २०१६ की फस्ट रनर अप विजेता हुन् भने हाल उनी मोडलिङमा पनि सक्रिय रहेकी छिन् । सपनाको ज्वेल अफ द वल्र्ड प्रतियोगितामा सहभागिताका लागि इभेन्ट बेटर ग्यालेक्सीले संयोजन एवं व्यवस्थापन गरेको छ ।

संयुक्त राष्ट्रसंघको साधारण सभाले घोषणा गरे अनुसार मे २१ तारिखमा अन्तर्राष्ट्रियस्तरमा वार्षिक रुपमा मनाइने वल्र्ड डे अफ कल्चरल डाइभर्सिटी अर्थात् साँस्कृतिक विविधताको विश्व दिवसलाई प्रवद्र्धन गर्ने उद्देश्य यसै वर्ष देखि उद्घाटन गर्न लागिएको ‘ज्वेल अफ द इयर’ नामक अन्तर्राष्ट्रिय प्रतियोगिता फिलिपिन्समा प्रिमियर हुन लागेको हो । प्रतियोगिताले महिला सुन्दरता र सशक्तिकरणको सम्मान तथा विश्वको बहुसाँस्कृतिक गौरवलाई वृहत् रुपमा मनाउने मूलभूत उद्देश्य राखेको छ । प्रतियोगिता फिलिपिन्सको मनिलामा मे १६ देखि २६ सम्म संचालन हुनेछ ।

 Image