‘रोजगारीको खानी हो आइटी क्षेत्र’
आइटी क्षेत्रमा अहिलेका युवापुस्ताको स्टार्टअपको संस्कृतिलाई अगाडि बढाएका छन् । स्टार्टअप सुरुवातमा नै कर लगाउनु हुँदैन भन्ने हाम्रो मान्यता छ ।
गत साता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा स्कूल अध्ययनरत छात्र छात्राहरुमा केन्द्रित ‘स्कूल ग्लोरी नेपाल २०१८ नामक प्रतियोगिता’ सम्पन्न भएको छ ।
प्रतियोगितामा सिनियरतर्फ एक्मी गुरुङ र जुनियर तर्फ तिमिला महर्जन उपाधि विजेता बन्न सफल भए । जुनियरतर्फ रोशना दलार्मी मगर फस्ट रनर अप तथा निष्ठा चौधरी सेकेन्ड रनर अप घोषित भए भने पब्लिक च्वाइस विधामा आयुष देवकोटा विजेता चयन भएका थिए ।
सिनियरतर्फ भने स्मृति रोक्का फस्ट रनर अप वर्षा दियाली सेकेन्ड रनर अप चयन भएका थिए । पब्लिक च्वाइस विधाको अवार्ड भने मृदुषी पौडेलले प्राप्त गरिन् ।
प्रतियोगिताको आयोजना जि इलेभेन नेपालले गरेको थियो ।