‘डग सो’ को रौनक
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा १३ औं ‘ग्रान्ड डग सो’ आयोजना भएको थियो । हरेक वर्ष आयोजना हुने यस सोमा विभिन्न जातका कुकुरको प्रदर्शनी गरिएको थियो ।

नेपाली बालिका लुईसा गुरुङ् टर्कीमा आयोजना हुने ‘लिटिल मिस युनिभर्स २०१८’मा सहभागी हुने भएकी छिन् । छात्राहरुमा केन्द्रित उक्त प्रतियोगीतामा प्रतियोगीका रुपमा मैदानमा उत्रन लागेकी १३ वर्षे लुईसा ‘द स्काई लार्क इङ्लिश स्कूल’मा कक्षा ८ मा अध्ययरन छिन् ।
उनी लिटिल स्कूल आइडिएल २०१६ की विजेता हुन् । युट्युब सर्फिङ, उपन्यास अध्ययन तथा नृत्यमा रुचि राख्ने लुइसा भविष्यमा बैंकर बन्न चाहन्छिन् भने मोडल बन्ने पनि उनको इच्छा छ ।
उनलाई लिटिल मिस युनिभर्स प्रतियोगिताका लागि एभरेष्ट फेसन होम नेपालले चयन तथा संयोजन व्यवस्थापन गरेको हो । उक्त प्रतियोगितामा सहभागि हुनु पूर्व लुइसालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण दिइने छ ।
लिटिल मिस युनिभर्स २०१८ गत मे ४ देखि प्रारम्भ भएको थियो भने मे १० सम्ममा सम्पन्न हुनेछ ।