अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वल्र्ड २०१८’ मा नेपालका तर्फबाट सुजाता राउतले प्रतिनिधित्व गरेकी छिन् । उक्त प्रतियोगिताका लागि शुक्रबार उनी भारततर्फ प्रस्थान गरेकी हुन् ।
पेगासस् इभेन्ट प्रोडक्सन कम्पनीको आयोजनामा भारतको केरलास्थित कोचीको एडलक्स इन्टरनेसनल कन्भेन्सन एण्ड एक्जिभिसन सेन्टरमा संचालन हुने सो प्रतियोगितामा नेपाल लगायत विश्वका दुई दर्जन बढी मुलुकका सुन्दरीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गतको फाइनल प्रतिस्पर्धा यही २७ अप्रिल तारिखमा संचालन हुँदैछ । प्रतियोगिताका लागि सुजाताको सहभागिताको संयोजन तथा व्यवस्थापन इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रा.लि.ले गरेको हो ।
मिस ग्ल्याम वल्र्ड विश्वका सुन्दर तथा प्रतिभावान् महिलाको खोजी र उसको बौद्धिक व्यक्तित्वको सम्मानको उद्देश्य सहित संचालनमा आएको प्रतियोगिता हो ।