कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।
मेरो संकल्प : खुसी ।
मेरो विश्वास : मेरा श्रीमान् ।
मेरो बलियो पक्ष : मेरा दुई सन्तान ।
मेरो घर : सुरक्षित स्थान ।
मेरो कर्म : मेरो चिनारी ।
मेरो परिवार : सबैथोक ।
मेरो कमजोरी : मेरो परिवार ।
मेरा सन्तान : गर्व र खुसीका मुहान ।
मेरो प्रेम : पूजा ।
मेरो आशा : उज्ज्वल भविष्य ।
मेरो इच्छा : स्वस्थ संसार ।
मेरो भावना : बालसुलभताप्रति ।
मेरो आकांक्षा : ईष्र्यारहित विश्व ।
मेरो दृढता : मृत्युपर्यन्त पनि मलाई सम्झिरहने बाटो रहोस् ।
मेरो आदर्श : मेरी हजुरआमा ।
मेरा श्रीमान् : मेरो संसार ।
मेरा अभिभावक : म हुनुको अर्थ ।
मेरो मन : पवित्र ।
मेरो योजना : सफलतातर्फ उन्मुख ।
मेरो जीवन : जीवन कठिन यात्रा हो । भगवानले मलाई सधैं माया गर्नुहुन्छ । हामी मानव जाति उहाँकै वरदान हौं ।