फर्किएको खुसी
हिजोसम्म त खुसी नै थिए छोरीहरू । तर, आज अचानक पूर्णचन्द्रजस्ता छोरीहरूको मुहारमा औंसीको कालिमाले छपक्क किन छोप्यो ?

लिरिल फ्रेस फेसमा कसरी सहभागी हुनुभयो ?
म लिरिल फ्रेस फेस सिजन–२ की विनर शिक्षा संग्रौलालाई इन्स्टाग्राममा फलो गर्थें । उनलाई फलो गर्ने क्रममा लिरिल फ्रेस फेसको फर्म खुलेको कुरा थाहा पाएपछि आफैंले फर्म भरेकी हुँ ।
यसमा भाग लिन के कुराले आकर्षण गर्यो ?
मैले यसका ३ वटै सिजन युट्युबमार्फत हेरें । यो नयाँ मोडललाई अवसर दिने राम्रो प्लेटफर्म हो जस्तो लाग्यो । म मोडलिङमा आउन चाहन्थें तसर्थ यही नै आफ्ना लागि उपयुक्त अवसर हो भन्ने लागेर
सहभागिता जनाएँँ ।
आफू विजयी हुन्छु भन्ने लागेको थियो ?
७ सय जनाले फर्म भरेका थिए जसबाट ७० जना छानिए । अन्तिम चरणमा छानिएका १० जनाभित्र परेपछि चाहिँ मेरो आत्मविश्वास बढ्यो र प्रतियोगिता आफूले नै जित्छुजस्तो लाग्न थाल्यो ।
प्रतिस्पर्धाका क्रममा सबैभन्दा राम्रो लागेको पक्ष ?
टिमको युनिटी तथा प्रतिस्पर्धीहरूबीच पारिवारिक वातावरण ।
अब तपाईंको योजना के छ ?
एक वर्ष त लिरिलको ब्रान्ड एम्बेसडरका रूपमा काम गर्ने र अध्ययनलाई समय दिने योजना छ । त्यसपछि भने मोडलिङमै सक्रिय हुने मन छ ।
अरू केमा रुचि छ ?
पुस्तक धेरै नै पढ्छु, म बुक लभर हुँ । फुर्सद भए डान्स पनि गरिहाल्छु । बाल्यकालमा डान्सर बन्ने सपना थियो ।
तपाईंलाई मनपर्ने मोडल ?
माल्भिका सुब्बा, आस्था पोखरेल तथा शिक्षा संग्रौला ।