महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।
४ वर्षअघि म्युजिक भिडियोबाट करियर सुरु गरेकी सुप्रिया कटवाल अहिले अरनिको टेलिभिजनमार्फत समाचार वाचिकाका रूपमा उदाएकी छिन् । दर्जनौं म्युजिक भिडियो तथा विभिन्न प्रोडक्टका विज्ञापनमार्फत आफूलाई चिनाएकी सुप्रियाले गत वर्ष तीज गीतसमेत गाएकी थिइन् ।
सुप्रियाले होटल म्यानेजमेन्टमा ब्याचलर पूरा गरिसकेकी छिन् । नायिकाका रूपमा उनको डेब्यु चलचित्र सत्यस्वरूपको साढे सात हो । सुप्रिया केही फरक काम गरौं भन्ने सोचका साथ टेलिभिजनमा प्रवेश गरेकी हुन् । समाचार वाचनका साथमा म्युजिक भिडियो तथा चलचित्रमा समेत काम गर्दै जाने उनको योजना छ ।