अनौठो जोडीे
यो जोडी सम्बन्धलाई तरोताजा राख्न सँगै समय र संवादमा सरिक हुन्छ । काम र करिअरमा कसरी सहयोगी हुन सकिन्छ भन्ने दुवैको ध्येय रहन्छ ।
४ वर्षअघि म्युजिक भिडियोबाट करियर सुरु गरेकी सुप्रिया कटवाल अहिले अरनिको टेलिभिजनमार्फत समाचार वाचिकाका रूपमा उदाएकी छिन् । दर्जनौं म्युजिक भिडियो तथा विभिन्न प्रोडक्टका विज्ञापनमार्फत आफूलाई चिनाएकी सुप्रियाले गत वर्ष तीज गीतसमेत गाएकी थिइन् ।
सुप्रियाले होटल म्यानेजमेन्टमा ब्याचलर पूरा गरिसकेकी छिन् । नायिकाका रूपमा उनको डेब्यु चलचित्र सत्यस्वरूपको साढे सात हो । सुप्रिया केही फरक काम गरौं भन्ने सोचका साथ टेलिभिजनमा प्रवेश गरेकी हुन् । समाचार वाचनका साथमा म्युजिक भिडियो तथा चलचित्रमा समेत काम गर्दै जाने उनको योजना छ ।