‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
स्थान : लबिम मल, चौथो तल्ला
विशेषता : फिटनेसका सबै सेवा एउटै छानामुनि ।
लबिम मलमा भर्खरै खुलेको सुविधासम्पन्न फिट स्टप सम्भवत: अत्याधुनिक प्रविधिले भरिपूर्ण पहिलो फिटनेस सेन्टर हो । ठूलो क्षेत्रफलमा फैलिएको यो सेन्टरमा फिटनेसका विभिन्न सेवा उपलब्ध छन् ।
यहाँ इन्स्यानिटी, पि–नाइन्टी–एक्स, पायो, बडी फिट, योगा, किक बक्सिङ, जुम्बा, प्रि एन्ड पोस्ट नेटल (गर्भवती र सुत्केरीपछि) जस्ता विधिबाट शरीरलाई टोन गर्ने, तौल घटाउने तथा सेपमा ल्याइएको शरीरलाई उस्तै कायम राख्ने आदि सेवा प्रदान गरिन्छ ।
अत्याधुनिक प्रविधिद्वारा सेवा प्रदान गरिने यो फिटनेस सेन्टरबाट फ्याट लस मसाज, सेल्युलाइट रिमुभर, नर्मल मसाज आदि समेत गराउन सकिन्छ । बीच बडी नामक अमेरिकाको प्रख्यात कम्पनीद्वारा तालिम प्राप्त यहाँका ट्ेरनरहरू विषयगत रूपमा विज्ञ छन् । गर्भवती तथा सुत्केरी भैसकेकाहरूलाई पनि सेवा प्रदान गर्नु फिट स्टप फिटनेसको विशेषता हो ।