अटल सौन्दर्यको पक्षमा
‘रजस्वलाको सुगन्ध’ निकै शक्तिशाली कविता हो । यसले सिंगो नारी समुदायको सपना र आवाजलाई प्रतिनिधित्व गरेको छ । प्रकृति र नारीबीचको सम्बन्ध र यसले समाजमा पार्ने प्रभावलाई उजागर गरेको छ ।
सिजन मिडियाको आयोजनामा पहिलो पटक संचालन भएको ‘लेट मि इन मिसेस् ब्युटी क्वीन नेपाल’को उपाधि बुढानीलकण्ठकी सुदिक्षा आचार्य भट्टराईले उचालेकी छिन् । विजेता ताज पहिरिएसंगै सुदिक्षाले टिभिएसको नयाँ स्कुटर, लेट मि इनबाट डेढ लाख बराबरको सर्भिस भाउचर तथा चार दिने मलेशिया भ्रमणको अवसर प्राप्त गरेकी छिन् ।
राष्ट्रिय नाचघरमा सम्पन्न भएको विवाहित महिलाहरुमा केन्द्रित यो प्रतियोगितामा दिपिका राय फस्ट रनर अप र ब्युटिफुल आइजको अवार्ड सहित विष्णुमाया पौडेल सेकेन्ड रनर अप चयन भएका थिए । यसैगरी पपुलर विधाको अवार्ड सहित कल्पना बराल खतिवडा थर्ड रनर अप र मल्टिमिडिया अवार्ड सहित कृष्टी कार्की फोर्थ रनर अप चयन भएका थिए ।
प्रतियोगीतामा २६ जना विवाहित महिलाहरुको सहभागिता रहेको थियो ।