सशक्त तोसिमा
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।

पहिलो चलचित्रबाटै धेरैको नजरमा पर्नुभयो नि ?
अभिनय गरेको एउटा मात्र चलचित्र प्रदर्शन भएर स्थापित हुने थोरै अभिनेत्रीहरूमा म पनि परेँ । ऐश्वर्यको सफलतासँगै अभिनयमा स्थापित हुन पाउँदा सार्है दंग छु ।
अहिले कत्तिको व्यस्त हुनुहुन्छ ?
ऐश्वर्यपछि धेरै चलचित्रका लागि प्रस्ताव आइरहेका छन् । म स्क्रिप्ट पढ्दै, निर्माता–निर्देशकसँगको भेटघाटमा व्यस्त छु ।
त्यसो भए चलचित्रमै जम्ने योजना छ ?
म यतिबेला स्नातकोत्तर पहिलो वर्षको अन्तिम परीक्षाको तयारीमा छु, अध्ययन पूरा गरेपछि मात्र पूर्णरूपले चलचित्रमा लाग्ने सोच छ । यो समयमा म अभिनय, पर्सनल ग्रुमिङ, नृत्य आदिको प्रशिक्षण लिएर आफूमा निखार ल्याउनेछु ।
नायिका हुन्छु भन्ने सोच बनाउनुभएको थियो ?
स्कुल–कलेज पढ्दादेखि नै सबैले तिमी नायिकाका लागि परफेक्ट छौ भन्थे । ममा पनि कुनै दिन नायिकाका रूपमा चलचित्रमा देखा पर्नेसम्म सपना थियो तर पहिलो चलचित्रबाटै चर्चित हुन्छु भनेर कल्पनासम्म गरेकी थिइन ।
मनपर्ने नायक तथा नायिका ?
गौरी मल्ल र राजेश हमाल ।