बहुप्रतिभाशाली इन्दिरा
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।
जाडो मौसममा बालबालिकालाई रुघाखोकी, निमोनियाँजस्ता श्वासप्रश्वाससम्बन्धी समस्याले सताउँछ ।
जाडो भयो भनेर बालबालिकालाई बाक्ला तथा धेरै लुगा लगाइदिनु हुँदैन । त्यसो गर्दा बालबालिकालाई पसिना आएर शरीरमै पसिना सुकेर चिसो लाग्न सक्छ, जसले गर्दा रुघाखोकीले सताउँछ ।
साना बालबाबालिकालाई बिहानीपखको घाममा सुताउनुपर्छ । यसबाट उनीहरूलाई भिटामिन डी प्राप्त हुन्छ ।
घाममा राखेर तोरी वा नरिवलको तेलले मालिस गरिदिनुपर्छ ।
बालबालिकालाई नियमित रूपमा नुहाइदिनुपर्छ ।
रुघा लागेका बेला नरम कपडा मनतातो पानीले भिजाएर नाक सफा गरिदिनुपर्छ ।
मौसमी फलफूल तातो पानीले पखालेर मात्र ख्वाउनुपर्छ ।