कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।
जाडो मौसममा बालबालिकालाई रुघाखोकी, निमोनियाँजस्ता श्वासप्रश्वाससम्बन्धी समस्याले सताउँछ ।
जाडो भयो भनेर बालबालिकालाई बाक्ला तथा धेरै लुगा लगाइदिनु हुँदैन । त्यसो गर्दा बालबालिकालाई पसिना आएर शरीरमै पसिना सुकेर चिसो लाग्न सक्छ, जसले गर्दा रुघाखोकीले सताउँछ ।
साना बालबाबालिकालाई बिहानीपखको घाममा सुताउनुपर्छ । यसबाट उनीहरूलाई भिटामिन डी प्राप्त हुन्छ ।
घाममा राखेर तोरी वा नरिवलको तेलले मालिस गरिदिनुपर्छ ।
बालबालिकालाई नियमित रूपमा नुहाइदिनुपर्छ ।
रुघा लागेका बेला नरम कपडा मनतातो पानीले भिजाएर नाक सफा गरिदिनुपर्छ ।
मौसमी फलफूल तातो पानीले पखालेर मात्र ख्वाउनुपर्छ ।