सशक्त तोसिमा
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।
संसारमा अझै पनि हरेक ३ जना महिलामा १ जना लैंगिक हिंसामा पर्ने गरेका छन् । लैंगिक हिंसा अन्त्यका लागि भनेर संसारभर नै विभिन्न खाले अभियानहरु चल्दै आएका छन् । पछिल्लो नेपाली महिलाको सहजताका लागि एक नयाँ अभियानको सुरुवात भएको छ ।
कुनै पनि महिला लैंगिक हिंसामा परेमा अबदेखि ‘११४५’ मा उजुरी दिन सकिने भएको छ । आइतबारदेखि महिला आयोगले यस्तो नि:शुल्क हेल्पलाईन सेवा विस्तार गरेको हो । हेल्पलाईनको महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले विधिवत् रुपमा उद्घाटन गरेका छन् ।
यो सेवा मार्फत महिलाले लैंगिकतामा आधारित हिंसा भएको अवस्थामा टेलिफोन मार्फत तत्कालै नि:शुल्क रुपमा उजुरी गर्न सक्ने छन् । जुनसुकै फोनबाट पनि यो फोनमा कल गर्दा पैसाा लाग्दैन् । यो सेवा २४ सै घण्टा, हप्ताको सातै दिन उपलब्ध हुन्छ । यसमा एसएमएसबाट पनि खबर गर्न सकिनेछ ।